Bisal Chautari Logo

गायिका बसन्तीको ‘झुम्के बुलाकी’ सार्वजनिक || गौरव र रिमाको ठुम्का (भिडियो हेर्नुहोस्)

- २० श्रावण २०७४, शुक्रबार ०७:१८ मा प्रकाशित


Basanti Rai Song Jhumke Bulaki ft GAURAV PAHARI Reema and Bishowkarma
विशाल चौतारी समाचार
काठमाडौ, २०७४ श्रावण २० शुक्रबार । अमेरीका स्थीत न्युयोर्कमा बस्ने बसन्ती राईले केही समय अगाडी ल्याएको गीत ‘सोई ढोले सोई’को चर्चा सेलाउन नपाउदै अर्को गीत सार्वजनिक गरेकी छिन् । गायिका बसन्तीले तक्मेबुढा डटकम युट्युव च्यालन मार्फत ‘झुम्के बुलाकी’ बोलको गीत सार्वजनिक गरेकी हुन् ।
Basanti Rai Song Jhumke Bulaki ft GAURAV PAHARI Reema and Bishowkarmaनेपाली लोक पप गीतको जनरा दिइएको यो गीतलाई ओम कर्माचार्यले शब्द तथा संगीत दिएका छन् ।
‘झुम्के बुलाकी’ गीतलाई चर्चित हास्य अभिनेता विल्सन विक्रम राईले निर्देशन गरेका छन् । म्युजिक भिडियोमा अभिनेता गौरव पहारी, अभिनेत्री रिमा विश्वकर्मा, गायिका स्वयम बसन्ती राई र सुदिप खतिवडा फिचरिङ रहेका छन् । म्युजिक भिडियोको बारेमा बोल्दै अभिनेत्री रिमाले भनिन्, ‘– मलाई मनपर्ने अभिनेताद्धय, विल्सन अनी गौरव ‘साइला’संग काम गर्नु पाउदा धेरै खुसि लागेको छ ।’
Basanti Rai Song Jhumke Bulaki ft GAURAV PAHARI Reema and Bishowkarma-1त्यस्तै गायिका बसन्ती राई अमेरीकाबाट यही म्युजिक भिडियो सुटिङका लागी नेपाल आएकी थिइन् । यो म्युजिक भिडियोबाट धेरै दर्शकको माया पाउने आसा राखेको गायिका बसन्तीले बताइन् ।
अर्जुन तिवारीको सिनेमाटोग्राफी रहेको भिडियोमा राजिव समरको नृत्य निर्देशन रहेको छ । यो म्युजिक भिडियोको सम्पादन भरत रेग्मीले गरेका छन् ।

भिडियो यस्तो बनेको छ, हेर्नुहोस् :

New Nepali lok pop song Jhumke Bulaki by Basanti Rai ft Gaurav Pahari Reema Bishowkarma Basanti Rai

योपनि हेर्नुहोस् :

2017 New Nepali lok Pop singer Basanti Rai Song FEATURING , GAURAV PAHARI Reema Bishowkarma Basanti Rai Sudip Khatiwada Never & Mind band ”
Choreography: Rajiv
DOP : Arjun Tiwari
Edit:Bharat Regmi
Video by Wilson Bikram Rai #WBR
Brand Partner : Lingden Brand
Album: #Basanti

प्रतिक्रिया