raiman rai suicide
विशाल चौतारी समाचार
काठमाडौ, २०७४ श्रावण १९ बिहिबार । गायक, संगीतकार राइमन राईले आत्महत्या गरेका छन् । अविवाहित उनी धरान–११ सिर्जनाचोकस्थित आफ्नो फुपुको घरमा बस्दै आएकोमा मंगलबार राति १ बजे ढोका थुनेर झुन्डिएको अवस्थामा आफन्तले देखेपछि प्रहरीलाई बोलाइएको थियो ।
३८ वर्षीय राईको ‘भाग्यमा नै थिएन होला शायद हाम्रो मिलन’ गीत निकै चर्चित थियो । पाच दर्जन गीतमा संगीत गरेका छन् । उनले करिब डेढ दशकदेखि गाउादै, संगीत भर्दै आएका थिए । उनका ‘मनन’ र ‘मिक्स’ एल्बम छन् । करिब एक दर्जन गीतहरुको म्यूजिक भिडियो बनाएका छन् । उनका पुर्ख्यौली घर भोजपुर हो ।
स्थानीय स्कुलमा अस्थायी शिक्षकको रुपमा शिक्षण समेत गर्दै आएका थिए । किरात राई सांस्कृतिक कलाकार संघ सुनसरीका पूर्वअध्यक्ष समेत रहेका राईका भाग्यमा नै थिएन, भाइटीकामा भेट्न आउादा, मेरो एउटा मुटु थियो चोरी लग्यो लगायत गीत छन् । गायन र संगीतमै जीवन बिताउने भन्दै आएका राईले नयाा एल्बमको तयारी समेत गरिरहेका थिए ।
उनका नजिकका साथी समेत रहेका किरात राई सांस्कृतिक कलाकार संघ सुनसरीका अध्यक्ष महेन्ऽ राईका अनुसार कलाकार राई मानसिक रोगबाट पीडित थिए । उनले आफ्ना साथीहरुलाई ‘मलाई कसैले मार्नका लागि पच्छ्याउादै छ’ भनेर बारम्बार भन्ने गरेका थिए ।
उनको मानसिक अवस्था नाजुक हुादै गएपछि साथीहरुले ‘अस्पतालमा गएर मानसिक रोगको उपचार गर्न कर गर्दा आफूलाई केही नभएको’ जिद्दी गर्दै आएका थिए । उनको शव पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको मर्चरीहाउसमा राखिएको छ ।
प्रतिक्रिया