Bisal Chautari Logo

पलले आश्मालाई बुलेटमा उडाएपछि, ‘जता जता पिरतीको बाटो’ सार्वजनिक (भिडियोसहित)

- १७ श्रावण २०७४, मंगलवार १४:२९ मा प्रकाशित


Paul Shah, Saroj Adhikar and Aashma Biswokarma music video Jata Jata Pirati Ko Bato
विशाल चौतारी समाचार
काठमाडौ, २०७४ श्रावण १७ मंगलबार । ‘कार्टुन्ज क्रु’ लाई फिचरिङ गरिएको नयाा गीत ‘जता जता पिरतीको बाटो….’ सार्वजनिक भएको छ । सामाजिक सञ्जाल युट्युबमार्फत गीतको भिडियोलाई मंगलबार दिउासो बजे सार्वजनिक गरिएको हो । सार्वजनिक गीत गतबर्ष सार्वजनिक भएको पल शाह र धुर्मुस सुन्तली अभिनित ‘तिमीलाई देखेपछि आई लभ यु भन्न मन लाग्यो’ गीतको सिक्वेलको रुपमा आएको हो ।
Paul Shah, Saroj Adhikar and Aashma Biswokarma music video Jata Jata Pirati Ko Batoशुभ मिडिया होमको प्रस्तुति रहेको गीतमा सरोज ओलीको स्वर रहेको छ । गीतमा दिनेश थपलियाको शब्द तथा चर्चित संगीतकार बसन्त सापकोटाको संगीत रहेको छ । उदय राज पौडेलको एरेन्जमा तयार भएको गीतको भिडियोलाई चर्चित सिनेम्याटोग्राफर संजय लामाले खिचेका हुन् । भिडियोको ब्यवस्थापनको पाटो बिष्णु बुढाथोकीले सम्हालेका थिए ।
पोखराका रमणीय स्थानहरुमा सुटिङ गरिएको भिडियोमा पल शाहलाई पनि फिचरिङ गरिएको छ । भिडियोमा कार्टुन्ज क्रुको मेम्बरहरुको कमेडी पाटोलाई देखाईएको छ ।
कार्टुन्ज क्रु का सरोज अधिकारीका अनुसार यो भिडियो आफुहरुको लागि कमब्याक भिडियो रहेको बताएका छन् । उनी भन्छन्, ‘हाम्रो भिडियोहरु पहिला धेरै नै रुचाइन्थ्यो भने कतिले एउटै स्टेपहरु भयो भनी प्रतिक्रियाहरु आउथ्यो ति सबै प्रतिक्रियाहरुलाई मध्यनजर गरेर हामीहरुले यो भिडियो बनाएका हौा । यो भिडियोको लागि हामीले २०/२५ दिनभन्दा धेरै रिर्हलसल गरेका छौा ।’
यो भिडियोबाट नै आफुहरुले कमब्याक गर्न लागेकोले यसमा अरुभन्दा धेरै मेहनत गरेको कार्टुन्ज क्रुका सरोज अधिकारीको भनाई छ । उनि भन्छन्, ‘हामीले यो भिडियोको लागि अडिसन समेत लिएका थियौा । अहिलेसम्म बनेका भिडियो मध्ये हामीहरुलाई पनि सबैभन्दा मन परेको भिडियो हो ‘जता जता पिरतीको बाटो’ ।’ गीतको भिडियोले सबैतिरबाट राम्रो प्रतिक्रिया आउनेमा आफुहरु आशावादी रहेको काटुन्ज क्रु को भनाई रहेको छ ।

The Cartoonz Crew’s New Song | Jata Jata Pirati Ko Bato | Ft. Paul Shah

Artists : Saroj Adhikar,Aashma Biswokarma,Ram Ghale,Subin Adhikari,Bikash Rai,Lakpa. D. Lama,Shisam Rai,Shristi Thapa,Anjali Biswokarma,Manisha Syangtan.
Vocal : Saroj Oli
Lyrics : DineshThapaliya
Music : Basanta Sapkota
Arrange : Uday Raj Poudel
Choreography : Saroj / Aashma / Subin
Editor : Bhupendra Adhikari
Colorist : Renish Phago
Production Manager : Bishnu Budhathoki
Cinematography : Sanjay Lama
Camera Assistant : Gopal Rayamajhi, Tirtha Lama
Direction : Saroj Adhikari
Post Production : Kindle Cine Studios
Transportation: Jiban Yasmali
Presentation : Shubha Media Home

प्रतिक्रिया