Rajkumar Rai the commando nepali movie actor
विशाल चौतारी समाचार
काठमाडौ, २०७४ श्रावण १७ मंगलबार । कुनै समय खेलकुदको माध्यमबाट नेपाललाई विश्वमा चिनाउने गरी स्वर्ण पदक दिलाउन सफल तेक्वान्दो खेलाडी राजकुमार राई खेलाडीमा मात्र सिमित थिएनन् । उनले राष्ट्रिय भावनाले ओतप्रोत नेपाली कथानक चलचित्र ‘द कमाण्डो’ मा निर्वाह गरेको नायकको भूमिकाको पनि सर्वत्र तारिफ भएको थियो । जुन चलचित्रमा उनले एउटा देशभक्त र सशक्त भूमिका कमाण्डोको रुपमा निभाएका थिए त्यो अझैसम्म पनि स्मरण योग्य नै छ । यी नै कमाण्डो अर्थात राजकुमार राईले गीतकार तथा संगीतकारको समेत परिचय बनाएका छन् ।
तेक्वान्दो ग्राण्ड मास्टर राजकुमार राईको शब्द तथा संगीत रहेको एक बारको जीवन बोलको गीत सार्वजनिक भएको छ । हालको लागी लिरिकल रुपमा सार्वजनिक गरिएको उक्त गीतमा सन्तोष दुमीको स्वर रहेको छ भने गीतको एरेञ्ज बिकाश गुरुङले गरेका छन् ।
नेपाललाई अन्तराष्ट्रिय स्वर्ण पदक दिलाएका कीर्तिमानी खेलाडी राकुमार राई एकाएक हराए भन्नेहरुका लागी उनको साागीतिक उपस्थितीले उत्साहित नबनाउला भन्न सकिन्न ।
प्रतिक्रिया