Bisal Chautari Logo

गीतकार संगीता बायुङको शब्दमा गायक राजेशपायलको ‘किन गयौ टाढा–टाढा’ सार्वजनिक (भिडियोसहित)

- १७ श्रावण २०७४, मंगलवार १३:२० मा प्रकाशित


Sangita Bayung Rai and Rajesh Payal Rai song Kina Gayeu Tadha Tadha
विशाल चौतारी समाचार
काठमाडौ, २०७४ श्रावण १७ मंगलबार । चार बर्ष अगाडि ‘फूलजस्तै लाग्थ्यो माया’ नामक एल्बम लिएर नेपाली साङ्गीतिक क्षेत्रमा आएको नाम थियो, गीतकार संगीता बायुङ राई । गीतकार बायुङले फेरी नयाँ गीत सार्वजनिक गरेकी छिन् ।
Sangita Bayung Rai and Rajesh Payal Rai song Kina Gayeu Tadha Tadhaचर्चित गायक राजेश पायल राईको स्वर तथा गीतकार संगीता बायुङ राईको एल्बम ‘सङ्गीतालाप’ समाबेश भएको ‘किन गयौ टाढा–टाढा’ बोलको गीतको म्युजिक भिडियो केही दिन अगाडी सार्वजनिक भएको हो । मनोज साङ्सोन राईको सङ्गीत रहेको यो गीतको छायांकन दक्षिण कोरियामा गरिएको छ ।
रोजेन सुन्दासले निर्देशन गरेको म्युजिक भिडियोमा निर्देशक स्वयम रोजेन र रीता क्षेत्रीको अभिनय रहेको छ । भिडियोलाई दीपक पौडेलको सिनेमाटोग्राफी रहेको छ, भने सम्पादन सन्तोस ढकालको रहेको छ ।
Sangita Bayung Rai and Rajesh Payal Rai song Kina Gayeu Tadha Tadha-1करीब चार बर्ष अगाडि ‘फूलजस्तै लाग्थ्यो माया’ एल्बम बजारमा ल्याएर नेपाली साङ्गीतिक क्षेत्रमा होसिएकी गीतकार राईको यो दोश्रो एल्बम ‘सङ्गीतालाप’को बजार व्यवस्थापन बिन्दबासिनी म्युजिकले गरेको छ ।

Rajesh Payal Rai Kina Gayeu Tadha Tadha || Full Video || किन गयौ टाढा टाढा || Sangita Bayung Rai

Song: Kina Gayeu Tadha Tadha
Vocal : Rajesh Payal Rai
Lyrics : Sangita Bayung Rai
Music : Manoj Sangson Rai
Album : Sangitalap
Arrangement : Sandeep Bantawa
Make Up and Dress : Pramila K.C.
Camera: Deepak Paudel
Director : Rozen Sundas
Editor : Santosh Dhakal
Featuring Rozen Sundas, Reeta Chhetri and Ambika Park
Post Production : The Creative Entertainment
Special Thanks : Debu Budha , Aryal Chris , Kantipur Restaurant (S. Korea )

प्रतिक्रिया