Haami Saranarthi nepali movie ft shilpa pokharel and jeevan Bhattarai
विशाल चौतारी समाचार
काठमाडौ, २०७४ श्रावण १६ सोमबार । भदौ ८ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘हामी शरणार्थी’को बारेमा पत्रकार सम्मेलन गर्दै जानकारी दिइएको छ । नायिका शिल्पा पोख्रेलको अनुपस्थितीमा आयोजित पत्रकार सम्मेलनमा निर्देशक विजय केरुङले यसलाई सत्य घटनामा आधारित चलचित्र भएको बताए ।
भुटानबाट लखेटिएर नेपालमा शरण लिएर बसेका शरणार्थीहरुको कथामा यो चलचित्र बनेको उनको भनाई थियो । उनले पूर्वका विभिन्न शिविरमा रहेका शरणार्थीको दु:ख र कष्टलाई पर्दामा उतारेको बताए ।
नायिका शिल्पा पोखरेल अर्को एक चलचित्रको छायांकनमा व्यस्त रहेकाले पत्रकार सम्मेलनमा उपस्थित हुन सकिनन् । उनले, आफू यो चलचित्रमा दुई भतिज बोकेर भुटानबाट नेपाल आएकी यूवतीको भूमिकामा देखिएको टेलिफोन कुराकानीमा बताएकी छिन् ।
चलचित्रमा शिल्पा पोखरेलको साथमा जीवन भट्टराइको मुख्य भूमिका छ । चलचित्रमा अर्जुनकुमार पोखरेल, प्रकाश भण्डारी र प्रकाश शिवाकोटीको संयुक्त लगानी रहेको छ ।
चलचित्रमा हिमाल केसीको एक्सन, उत्तमजंग लिम्बुको संगीत, भिषण मुकारुङ, दिपा लामा लगायतको गायन, कमल राइको नृत्य, बैजु सिंहको पटकथा तथा संवाद, सौरभ लामाको छायांकन छ ।
kerung films pvt.ltd
God Father Digital presents!
Nepali Movie Hami Saranarthi
Cast: jeevan Bhattarai and Silpa pokharel
Music: Uttam Jung Limbu
Singer: Deepak Limbu, Manita kambang,Deepa Lama,Rukman Limbu and Bhim Limbu
Lyrics: Saajan Chemjong
Mixing: Pradeep Joshi
Costume : Kamal Rai
Visual Effect : Renish Fago
Choreogapher: Kamal Rai
Story/Screenplay/Director: Bijay Limbu(Kerung)
Producer: Krishna Prasad Pokharel, Arjun Kumar pokharel,prakash Bhandari,Prakash Siwakoti
Cinematographer: Saurav Lama
Editor: Banish Shah
प्रतिक्रिया