Bisal Chautari Logo

देशभरका सिनेमा हलमा डाक्टर…खाते

- ५ श्रावण २०७४, बिहीबार १५:४२ मा प्रकाशित


doctor khate nepali movie release
विशाल चौतारी समाचार
काठमाडौ, २०७४ श्रावण ५ बिहिबार । सडकबास भएका मानिसहरुले मेहनत गर्‍यो भने सक्षम नागरिक भएर उसले देशको लागि केही गर्न सक्छ भन्नेबारे अबगत गराउने चलचित्र ‘डाक्टर…खाते’ शुक्रबारबाट देशब्यापी प्रदर्शनीमा आउने भएको छ ।
doctor khate nepali movie releaseआभिभावकले आफ्ना बालबालिकाको पालन पोशनमा ध्यान नदिादा उनीहरु कसरी गलत बाटोमा लाग्छ्न भन्ने बारे कथा उठाएर गतलबाटोबाट उनीहरुलाई सही बाटोमा ल्याउन सकिन्छ भन्ने सन्देश यो चलचित्रले दिने यसकी निर्माता एवं अभिनेत्री रोशनी केसीले बताईन् ।
केसीका अनुसार यो चलचित्रमा मोफसलका तीन दर्जन र राजधानीका एक दर्जन गरी चार दर्जन सिनेमा हलबाट शुक्रबार देखि प्रदर्शन हुादैछ । डाक्टर…खातेलाई विभिन्न अन्तराष्टिय फिल्म फेस्टिबलमा देखाईएपछि नेपालमा प्रदर्शन गर्न लागिएको हो ।
अभिनेत्री/निर्माता केसीका अनुसार हरेक अभिभावकले यो चलचित्र हेर्दा आफ्ना बालबालिकालाई आफुले कत्तिको सही गरिरहेको छु भन्ने महसुस हुनेछ । यस्तै यो चलचित्र बालबालिकाले हेर्दा उनीहरुले आफु कत्तिको सही बाटोमा लागेको छु भन्ने कुरा जान्ने पनि रोशनीले बताईन् । उनका अनुसार सडक बालबालिकाहरुलाई समेत अभिनय गराईएको यो चलचित्रबाट हरेक बर्गका दर्शकले मनोरञ्जन लिने निर्माता केसीको विश्वास छ ।
चलचित्रले दर्शकलाई बारम्बार हासाउने र रुहाउने पनि निर्माता रोशनीले बताईन् । यो चलचित्रमा रोशनी केसी, ,शिल्पा पोखरेल, सम्राट सापकोटा, बिजय देउजा, प्रिन्स रिजाल, सूर्य गुरुङ, अमृत परियार लगायतका कलाकारको अभिनय छ ।
यो चलचित्रलाई काठमाडौं उपत्यकामा गोबिन्द शाही र मोफसलमा एफडी कम्पनीले वितरण गरिरहेको छ । चलचित्र डाक्टर…खातेमा सचिन सिंहको संगीत, योगेश्वर अमात्यको गायन, तारा थापा ‘कम्ले’को सम्पादन, जगदिश्वर थापाको लेखन रहेको छ । जसलाई डब्बु क्षत्रीले कास्ट निर्देशन र रबी अर्यालले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया