Bisal Chautari Logo

बेलायतमा बिसि राईको अर्को पाइला सार्बजनिक (फोटो फिचर सहित)

- ४ श्रावण २०७४, बुधबार ०८:५८ मा प्रकाशित


BC Rai album arko paila
विशाल चौतारी समाचार
युके, २०७४ श्रावण ४ बुधबार । पचासको दशकमा बहुचर्चित “बैनी त्यसो नभन स्वाँक्क स्वाँक्क रुन्छ यो मन” का गायक बिसि राईले पाँचौ एलबम अर्को पाइला सार्बजनिक गरेका छन । दशकौ देखि बेलायत बस्दै आएका चर्चित गायक राई सङ्गीत अध्ययन गर्न बेलायत छिरेका थिए ।
BC Rai album arko pailaनेपालीहरुको घना बसोबास रहेको बेलायती शहर आस्फोर्डमा एक भब्य कार्यक्रमको आयोजना गरि एलबम बिमोचन गरिएको थियो । कार्यक्रमलाई गीतकार तथा वरिष्ट समाजसेवी सुमाया राईले अध्यक्षता गरेकी थिइन । स्थानिय संघ संस्थाहरुका अध्यक्ष तथा प्रतिनिधिहरु साथै बेलायतबासी सर्जकहरू र गायक रेवत राई समेतको अतिथ्यतामा सम्पन्न कार्यक्रममा समाजसेवी भाष्कर तितुङ लाई प्रमुख अतिथि बनाइएको थियो ।
BC Rai album arko paila-1भोजपुर छिनामखु २ मा जन्मिएको गायक राईले तिमीलाई, ति पलहरु, बिहान्ड द क्राउड, शिली सहित पाचौ एलबमको रुपमा अर्को पाइला बजारमा ल्याएका हुन । बयो बृद्ध बाबा बिरवा राई तथा आमा दया देवि राईको आशिर्वाद स्वरुप उहाँहरु कै हातबाट एलबमको बिमोचन गरिएको थियो । बिमोचनमा प्रमुख अतिथी र सभाध्यक्षले पनि साथ दिएका थिए । कार्यक्रममा गायक राईले अधिकांश गीतहरु प्रस्तुत गरेका थिए ।
कवि तथा गीतकार नवराज राईले सञ्चालन गरेको कार्यक्रममा गायक गंगाराज राईले स्वागत मन्तब्य गरेका थिए भने कबि तथा गीतकार नरेश काङमाङ राईले यलबमको समिक्षा गरेका थिए । एक पाकिस्तानी गीत सहित दस गीतहरु समाविष्ट एलबममा गीतकारहरु नबराज बर्तमान, शिव कोयी, स्वप्निल लिम्बु, रायन राय (पाकिस्तानी सर्जक) र स्वयं गायकको शब्दहरु रहेको छ । सङ्गीत, एरेन्ज पनि गायक स्वयंले गरेका छन ।
“म त जिउदै मर्न सक्छु” गीतको म्युजिक भिडियो पनि कार्यक्रममा प्रदर्शन गरिएको थियो । स्वप्निल लिम्बुको निर्देशन रहेको म्युजिक भिडियोमा चर्चित गायीका तथा नायीका बिष्णु चेम्जोङले गायन तथा अभिनय दुबैमा साथ दिएकी छिन ।

प्रतिक्रिया