Bisal Chautari Logo

गोर्खालीको सान – नेपाली सुरक्षा गार्डले मलेसियामा लडाकूलाई यसरी कुटे (भिडियो समाचार)

- ३ श्रावण २०७४, मंगलवार १६:२१ मा प्रकाशित


nepali Security Guard Bravery In Malaysia

विशाल चौतारी समाचार
काठमाडौ, २०७४ श्रावण ३ मंगलबार । मलेसियामा पहिलो रोजाइमा पर्ने नेपाली सुरक्षा गार्डले हालै गरेको एउटा कामले यतिबेला मलेसियाको इन्टरनेट दुनियामा भाइरल बनिरहेको छ ।
nepali Security Guard Bravery In Malaysiaसुवाङजयाको एक अपार्टमेन्टको सुरक्षार्थ खटिएका नेपाली सुरक्षागार्डमाथि आक्रमण गर्ने मार्सल आर्टका पारङगत लडाकूसग भएको भिडन्तको भिडियो यतिबेला मलेसियामा भाइरल भइरहेको छ । यस्तै यो भिडियो मलेसियामा मात्र नभइ नेपालमापनि भाइरल बनिसकेको छ । गोर्खाली नारा दिएर फेसबुक, युट्युवमा यो भिढियो सियर गर्नेको संख्या बढिरहेको छ ।
हामिले यो समाचार बनाइरहदा यो भिडियो अहिलेसम्म ९५ लाख भन्दा बढिले हेरिसकेका छन् भने ६२ हजार जनाले सेयर गरेका छन् । ‘डिस्कभर सुवाङजया’ फेसबुक पेजबाट सार्वजनिक गरिएको यो भिडियोमा सुरुमा एक हट्टाकट्टा युवक अपार्टमेन्टमा प्रवेश गर्न खोज्छन् । सुरक्षार्थ खटिएका नेपाली सुरक्षागार्डले सोधपुछ गर्दा उनले नेपाली सुरक्षागार्डमाथि मुक्का प्रहार गर्छन् ।
तत्कालै उनले प्रतिबाद गर्छन । सँगै ड्युटीमा रहेका अन्य नेपाली सुरक्षागार्ड पनि उनको सहयोगका लागि आइपुग्छन । ठूलो ज्यानका यी मार्सलआर्ट खेलाडी हेर्दाहेर्दै नेपाली सुरक्षागार्डको कब्जामा पुग्छन् । उनलाई नियन्त्रणमा लिएर सुरक्षागार्डले डोरीले हात बाँधिदिन्छन् ।
nepali Security Guard Bravery In Malaysia-1चारवटा भिडियो र दुईवटा तस्वीरसहित पोष्ट गरिएको यो भिडियो २४ घण्टा नपुग्दै मलेसियाभर भाइरल भएको छ । सामाजिक सञ्जालमा मलेसियाली नागरिकहरुले नेपाली सुरक्षागार्डको ड्युटीप्रति खुसी ब्यक्त गरेका छन् । नेपाली सुरक्षागार्डले राम्रो काम गरेको र यही कामका कारण मलेसियाका वस्तीहरु सुरक्षित रहेको भन्दै उनीहरुले नेपाली सुरक्षागार्डलाई बधाइ पनि दिएका छन् ।
सुरक्षागार्डको नियन्त्रणमा परेका मार्सल आर्ट लडाकूले भने आफुले सुरुमा थप्पड हान्नु गल्ती भएको फेसबुकमार्फत् बताएका छन् । आफु उनीहरुसँग लडन सक्षम भए पनि धेरै प्रतिकार नगरेको उनले दावी गरेका छन् । ‘मैले सुरुमा थप्पड हान्नु गल्ती थियो, मैले उनीहरुसँग सरी भनेर माफी पनि मागिसकेँ । यो एउटा सामान्य असमझदारीबाहेक केही हैन् ।’ उनले भनेका छन् ।

प्रतिक्रिया