Bisal Chautari Logo

सबैभन्दा अग्लि महिला छिट्टै बेहुली बन्दै, बेहुला १ फिट ४ इन्चको अन्तर

- २४ बैशाख २०७१, बुधबार १६:५१ मा प्रकाशित


Brazil’s Tallest Teen World’s Loftiest Bride Elisany Da Silva
एजेन्सी 
ब्राजील, २०१७ बैशाख, २४ बुधवार । संसारको सबैभन्दा अग्लि ब्राजीलकी युवतीले चाडै नै बिबाह बन्धनमा बिधिने वालामा छन् । ६ फिट ८ इन्च अग्लि मोडल एलिस्ने डे क्रुज सिल्वा पछिल्लो तिन वर्षदेखी ५ फिट ४ इन्च होचा फ्रेकिनाल्डो डा सिल्वा कार्वाल्होको साथ डेटिङ गरिरहेकी छिन् । यी दुइ जोडिको हाइटमा १ फिट ४ इन्चको अन्तर रहेको छ । तर यी दुई जोडीलाई आफुहरुको रमाइलो प्रेम सम्वन्धलाई अगाडी बढाउँन कुनै असजिलो भएको छैन । गत २९ मार्चमा यि दुई जोडीले इन्गेजमेन्ट गरेका थिए । 
यो अनौठो प्रेम जोडी ब्राजीलको सैलिनपोलिसमा गत सालदेखी साथ–साथ रहिरहेका छन् । अनी यी दुई जोडीले छिट्टै बिबाह बन्धनमापनि बाधिदैछन् । ब्राजीलियन समाचार एजेन्सीहरुले जनाए अनुसार एलिस्ने अहिले १८ वर्षकी छिन्, तर उनी आमा बन्न चाहन्छिन् । 
यी दुई जोडी बिबाह हुन लागेको कुरादेखी खुशि रहेका छन् । आफ्नो पुरानो दिनहरुको याद गर्दै एलिस्नेले भनेकी छिन्–‘मैले उसलाई धेरै चोटि अस्विकार गरेको थिए की, मलाई बिबाह गर्ने प्रस्ताव नगर्नु भनेर । किनभने मेरो जवाफमा बिबाहको प्रस्तावमा अस्विकार हुन्छ भनेर । तर मलाईपनि थाहा छैन कि म कसरी बिबाहको लागी माने’, एलिस्नेले बताइन् । 

ad

प्रतिक्रिया