Bisal Chautari Logo

अक्षय भन्छन्– राम्रो प्रस्ताव आए थोरै पैसा भए पनि नेपाली चलचित्र खेल्छु

- २६ बैशाख २०७१, शुक्रबार ०३:५६ मा प्रकाशित


Akshay-Kumar-work-in-nepali-movie
विशाल चौतारी समाचार (पत्रपत्रिका)
काठमाडौं, २०७१ वैशाख २६, शुक्रवार । चर्चित बलिउड अभिनेता अक्षयकुमारले नेपाली चलचित्रका लागी राम्रो कामको प्रस्ताव आए थोरै पारिश्रमिकमैपनि नेपाली चलचित्र खेल्ने इच्छा व्याक्त गरेका छन् । 
केही दिन अगाडी अभिनेता अक्षयकुमार आफ्नो पछिल्लो चलचित्र ‘बसन्ती’ (बेबी)को सुटिङका क्रममा नेपाल आएका बेला ‘नेपाली चलचित्रबाट अफर आएको खण्डमा के गर्नुहुन्छ भन्ने प्रश्नमा उनले सो उत्तर दिएका थिएका थिए ।

Akshay Kumar and Srijana rai

साप्ताहिकका विदुर खतिवडाले लिएको अन्र्तवार्तामा अभिनेता अक्षयले भनेका छन् –‘राम्रो प्रस्ताव आएको खण्डमा अवश्य काम गर्छु । चित्तबुझ्दो तर सानो भूमिका नै किन नहोस् म नेपाली चलचित्र खेल्न तयार छु’, अभिनेता अक्षयले बताएका छन् । 

त्यस्तै अर्को प्रश्न – तपाईको पारिश्रमिक जति त पुरै नेपाली चलचित्रको बजेट भन्दा पनि धेरै हुन्छ कसरी सम्भव होला ? भन्ने प्रश्नमा अभिनेता अक्षयले भने–‘ म बजेट हेरेर काम गदिर्न, हो यहाँको उद्योगले मलाई पेमेन्ट गर्न नसक्ला तर चित्तबुझ्ने भूमिका हुनुपर्‍यो’, अभिनेता अक्षयले बताए । भने–‘स्तरीय भूमिकामा यहाँका दर्शकमाझ देखिन पाउनु आफ्ना लागि ठूलो कुरा हो । मेरो अभिनयले नेपाली चलचित्र क्षेत्रलाई योगदान पुग्ने भए त्यो सबैभन्दा राम्रो काम हुनेछ’, अभिनेता अक्षयले बताए । त्यस्तै आफु फुर्सदका बेला नेपाली टीभी हेरेर यहाँको चलचित्र क्षेत्रको बारेमा जानकारी लिन कोसिस गर्ने समेत अभिनेता अक्षयले बताए । 
नेपाली दर्शकले एक्सन सिनेमा मन पराउने र आफु पनि एक्सन हिरो भएका कारण नेपाली दर्शकसँग आफ्नो कमेष्ट्रीपनि मिलेको बताउदै भनेका छन् –‘नेपालको प्राकृतिक सौन्दर्य बिश्वमै अनुपम लाग्यो । चलचित्र सुटिङका लागि कुनै लोकेसन हेर्नु नपर्ने, जहाँ सुट गरे पनि उत्कृष्ट लोकेसन रहेको ठाउँ लाग्यो’, अभिनेता अक्षयले बताए । यसबारे आफुले बलिउड चलचित्र निर्मातालाई पनि जानकारी दिने उनले बताए । त्यस्तै नेपालका युवतीहरुमा पहाडी वास्तविक सुन्दरता पाइने भन्दै अभिनेता अक्षयले सुटिङका क्रममा केही युवतीसँग अनुमति लिएर तस्वीर समेत खिचेको र उनीहरु निकै राम्रा र फोटोजेनिक रहेको भन्दै तारिफ गरेका छन् ।

ad

प्रतिक्रिया