Bisal Chautari Logo

‘म यस्तो गीत गाउँछु’को गीत सार्वजनिक, अप्पर मुस्ताङका दृश्यमा पल र पूजा यसरी खुले (भिडियोसहित)

- १८ बैशाख २०७४, सोमबार ०७:५३ मा प्रकाशित


Ma Yesto Geet Gaauchu movie song Bhanchhu Aajha Ft Pooja Sharma, Paul Shah
विशाल चौतारी समाचार
काठमाडौ, २०७४ बैशाख १८ सोमबार । चलचित्र निर्माण अगाडी समयदेखी निकै चर्चामा रहेको चलचित्र ‘म यस्तो गीत गाउँछु’ को पहिलो रोमान्टिक गीति भिडियो रिलिज गरिएको छ । अर्जुन पोखरेलको संगीत तथा सुगम पोखरेल र अन्जु पन्तको स्वर रहेको ‘भन्छु आज’ बोलको गीतमा पल शाह र पूजा शर्माको उत्कृष्ट क्यामेस्ट्री देख्न सकिन्छ । अप्पर मुस्ताङमा खिचिएका दृश्यहरु सुन्दर छन् ।
Ma Yesto Geet Gaauchu movie song Bhanchhu Aajha Ft Pooja Sharma, Paul Shahलव स्टोरी निर्देशनमा सबैभन्दा अब्बल मानिएका निर्देशक सुर्दशन थापाको शब्द रहेको गीतमा भिडियोको कोरियोग्राफी कविराज गहतराजले गरेका हुन् । छायाँकन संजय लामाको छ । यो गीतलाई यही चलचित्रकी अभिनेत्री पूजा शर्माको जन्मदिनको अवसर पारेर रिलिज गरिएको हो । चलचित्रको गीत सार्वजनिक भएपछि युट्युवबाट दर्शकहरुले गीतलाई मन परेको प्रतिकृया जनाएका छन् । धेरै दर्शकहरुले अप्पर मुस्ताङमा खिचिएका दृश्यहरु धेरै मन परेको बताउदै विदेश भन्दा नेपालका दृश्यहरु राम्रा रहेको कमेन्टमा लेखेका छन् ।
Ma Yesto Geet Gaauchu movie song Bhanchhu Aajha Ft Pooja Sharma, Paul Shah-1लभ स्टोरी चलचित्र ‘म यस्तो गीत गाउँछु’ असार ३० गतेदेखि रिलिज हुनेछ । चलचित्रमा पल र पूजासागै सरोज खनाल, रुपा राना लगायत कलाकारहरुको अभिनय रहेको छ ।

गीतको भिडियो हेर्नुस् :

New Nepali Movie – 2017/2074 | Bhanchhu Aajha || Ma Yesto Geet Gaauchu || Ft Pooja Sharma, Paul Shah

Bhanchhu ajha
Lyrics: Sudarshan Thapa
Vocal: Sugam Pokhrel / Anju Pant
Music: Arjun Pokhrel
Arranger: Maharaj Thapa
Song Mixing: Kishwor Thapa
Choreographer : Kabiraj Gahatraj

प्रतिक्रिया