Dayahang Rai, Chhulthim Gurung and Rohit Rumba movie Nepte
विशाल चौतारी समाचार
काठमाडौ, २०७४ बैशाख ११ सोमबार । चलचित्र क्षेत्रमा निकै लामो समयदेखी लागिरहेका अभिनेता रोहित रुम्बाले चलचित्र ‘नेप्टे’ निर्माणको औपचारिक घोषणा गरेका छन् । केही दिन अगाडी काठमाडौमा एक कार्यक्रमको आयोजना गरी चलचित्रको निर्माण घोषणा गरिएको थियो ।
देव कुमार श्रेष्ठको निर्देशन रहने चलचित्रमा अभिनेता दयाहाङ राई शिर्ष भूमिकामा प्रस्तुत हुादैछन् भने अभिनेत्री छुल्ठिम गुरुङ दयाको अपोजिट अर्थात् ‘नेप्टी’ को भूमिकामा प्रस्तुत हुदैछिन् । आफैं पनि महत्वपूर्ण भूमिकामा प्रस्तुत हुन लागेका अभिनेता रोहित रुम्बाले ‘नेप्टे’ निर्माण गर्न लागेका हुन् ।
चलचित्र ‘नेप्टे’ मा सामाजिक कथा वस्तुलाई रोचक ढंगले उठाइने निर्देशक श्रेष्ठले जानकारी दिए । दायाहाङले कलाकार तथा निर्माता रुम्बासँग आफ्नो पुरानो मित्रताको किस्सालाई प्रेसमिटमा सम्झिए । चलचित्र ‘मेरो एउटा साथी छ’ मा दयाले छोटो र रोहितले एक सिनमा काम गरेका थिए । यता ‘डायरी’ की निर्मात्री छुल्ठिमले दयाहाङसँग काम गर्ने रहर पुरा भएकोमा खुसी व्यक्त गरिन् । उनले दयासँग आफ्नो जोडी सुहाउने पनि आशा राखिन् ।
जेठको पहिलो सातादेखि छायााकन सुरु हुने चलचित्रमा दया, छुल्ठिम र रोहितसँगै बुद्धि तामाङ, अरुणा कार्की, पुर्णिमा लामा, ए गुरुङ, प्रनिशा शिलवाल, रश्मि भट्ट, रोश्नी भ्लोन, निर्मल लामा, अजय खड्का लगायत कलाकारहरुको अभिनय रहनेछ । रोहित आफ्नै कथा रहेको चलचित्रमा किरण माइकलको पटकथा एंव संवाद रहेको छ । हरी घले लामाको छायााकन रहेन चलचित्रमा संगीत भने बाबु बोगटी, सन्तोष राज, ओम सुनार र रोहितले दिनेछन् । अभिनेता तथा निर्माता रोहितका अनुसार चलचित्र महंगो बजेटमा बन्दैछ ।
प्रतिक्रिया