Bisal Chautari Logo

मधुसँग राजेश हमालको जेठ दास्रो साता विवाह पक्का (भिडियोपनि)

- २६ बैशाख २०७१, शुक्रबार ०६:५८ मा प्रकाशित


rajesh hamal and madhu bhattarai marriage
विदुर खतिवडा                
काठमाडौ, २०७१ वैशाख २६ शुक्रवार । महा अभिनेता राजेश हमालले अनन्त मधु भट्टराईसंग विवाह गर्ने पक्का गरेका छन् । पहिले विराटनगर मोरङ हाल धरान सुनसरीकी मधु भट्टराईसँगको लामो अफेयर आगामी साता औपचारिक सम्बन्धमा परिणत हुन लागेको कुरा राजेश हमालले साप्ताहिकसंगको एक अन्र्तवार्तामा बताएका छन्  । 
राजेश हमालले विवाह गर्दैनन् भन्ने धारणा बलियो हुँदै गएको स्थितिमा हमालको विवाह हुने निश्चित भएको हो । केही वर्षअघि पाँचतारे होटलमा आयोजित एक औपचारिक समारोहमा भेटिएकी मधुसँगको सामीप्यता बढ्दै गएपछि उनीहरबीच प्रेम अंकुरण भएको थियो । विवाहका बारेमा पटक–पटक अनेकन प्रश्नको सामना गर्दै आएका महानायक हमालका अनुसार आपसमा बलियो प्रेम र समझदारी भएकाले नै सही समयमा उनीहरुले विवाह मिति तय गर्न लागेका हुन् ।

दुई सयजति चलचित्रमा अभिनय गरिसकेका हमाल नेपाली चलचित्र हेर्ने र नहेर्ने सबैका प्रिय अभिनेता हुन् । उनको स्टारडम सधैं उदाहरणीय मानिन्छ । उमेरमा केही अन्तर भए पनि राजेश र मधुबीच बलियो समझदारी छ । लामो समय एक्लो जीवन बिताएका हमाल अहिले गर्लफ्रेन्डसँग सल्लाह गरेर मात्र निर्णय लिन्छन् । आफ्ना लागि उपयुक्त व्यक्ति फेला परेकाले मधुसँग वैवाहिक जीवन बिताउने सोच बनाएको हमालले बताए । हमालका अनुसार आगामी बुधबार अर्थात वैशाख ३१ गते क्यान्डल लाइट डिनरमा उनले आफ्नै शैलीमा मधुसँग वैवाहिक सहयात्राका निम्ति औपचारिक प्रस्ताव राख्नेछन् र मधुले उनको प्रस्ताव स्वीकार गर्दै सहयात्राका निम्ति ग्रीन सिग्लन दिनेछिन् । उक्त डिनरमा हमालले विवाह प्रस्तावसँगै आफ्नी प्रेमिकालाई आमाको चिनो प्रदान गर्ने बताइन्छभने त्यही विवाहको सम्पूर्ण कार्यक्रम पनि तय हुनेछ । विवाह ठूलो स्वरपमा नगर्ने मान्यतामा दुवै प्रेमी–प्रेमिकाको मत मिलेको छ । उनीहरु आफ्ना निम्ति सहज हुने गरी सामान्य विधि पूरा गरेर नयाँ जीवन सुरु गर्न चाहन्छन् । उनीहरको विवाह भने जेठ महिनाको दोस्रो साताभित्र सम्पन्न हुनेछ । विवाहका लागि राजेश हमालका दिदी–बहिनीका साथै अन्य आफन्तहरु अमेरिकाबाट नेपाल आउने क्रम सुरु भैसकेको छ । बुबा–आमा दुवैको निधन भैसकेकाले हमाल विवाहमा जसरी पनि दिदी–बहिनीहरलाई सहभागी गराउने पक्षमा थिए भने दिदी–बहिनीहरु पनि एक्लो जीवन बिताइरहेका हमालको विवाह भएको हेर्न चाहन्थे । हमालकी एक दिदी  नेपालमै छिन् ।
व्यक्तिगत रपमा आफू एउटाले विवाह नगर्दा केही फरक नपर्ने बताउने महाअभिनेता हमाल विवाहका बारेमा आममानिसभन्दा विपरीत धारणा राख्थे । उनी जीवनसाथीप्रति पूर्ण न्याय गर्न नसक्नेहरुको वैवाहिक जीवनका उदाहरण प्रस्तुत गर्थे । यद्यपि समय बित्दै गएपछि उनी विवाहका निम्ति आफू तयार भएको बताउन थाले । आफ्नी प्रेमिकासम्बन्धी समाचार सार्वजनिक भए पनि उनले आफ्नो प्रेम सम्बन्धलाई नितान्त निजी र गोप्य राखे । यद्यपि केही सञ्चारमाध्यममा उनकी गर्लफ्रेन्डसम्बन्धी समाचार र तस्बिरहर सार्वजनिक नभएका होइनन् । राजेशले विवाह ढिलो गर्नुमा ज्योतिषीको सल्लाह पनि एउटा कारण भएको बताइँदैं आएको थियो । ज्योतिषीले केही बाधा भएकाले सन् २०१४ वा विसं. २०७१ मा विवाह गर्न उपयुक्त भएको सुझाव दिएकाले पनि हमालले मधुसँग औपचारिक सम्बन्धमा गाँसिन केही ढिलाइ गरेका हुन् ।

प्रतिक्रिया