bobby movie Actress Kabita Gurung Crying milan chams
विशाल चौतारी समाचार
तस्बिर तथा भिडियो : विशाल राई
काठमाडौ, २०७३ चैत ३० बुधबार । निर्देशक मिलन चाम्स अहिलेका ब्यस्त अनी सफल निर्देशक मध्येका एक हुन् । एकपछि अर्को चलचित्र निर्देशनमा व्यस्त भैरहेका चाम्सले ‘ह्याप्पी डेज र ब्लाइन्ड रक्स’ पछि चलचित्र ‘वीर विक्रम २’ निर्माणको घोषणा गरिसकेका छन् । उनै, मिलनले चलचित्र ‘बोबी’ बनाउने भएका छन् । हिजो काठमाण्डौमा आयोजना गरिएको पत्रकार सम्मेलनमा मिलनले वास्तविक कथामा चलचित्र बनाउन लागेको बताए ।
यो चलचित्र नर्वेमा बस्दै आएका एक जोडीको हो । नर्वेमा इन्जिनियरिङ पेशामा सफलता पाएका उमेश थापा र उनकी धर्मपत्नी कविता गुरुङको वास्तविक कथामा चलचित्र बन्नेछ ।
मिलनले यूरोपमा कवितालाई भेटेर उनको कथा सुनेपछि आफू चलचित्र बनाउन आकषिर्त भएको बताए । कथा सुनेपछि उनलाई सुरुवातमा कुनै चलेका नायक(नायिका लिएर चलचित्र बनाउने सोच थियो । तर, जब उनले चलचित्रमा आफै अभिनय गर्न कवितालाई आग्रह गरे, उनी मानिन् । तर, पछि कविता र उमेशले नै चलचित्रमा अभिनय गर्ने पक्का भयो । चलचित्रमा यी दुइका साथमा पाइलट विजय लामाको अभिनय रहनेछ । जुनबाट चलचित्रको छायांकन सुरु हुनेछ ।
कार्यक्रममा उमेशले भने(‘हाम्रो लभ स्टोरी यूनिक छ । कविता र मेरो लभ स्टोरी चलचित्रमा हेरेर दर्शकले मन मात्र पराउनु हुादैन, प्रेम पनि गर्नुहुन्छ ।’ यस्तै, कविताले भनिन्(‘उमेश र मेरो प्रेम कथालाई दर्शकले पक्कै मन पराउनुहुनेछ । यो चलचित्र बनेपछि मेरो जिन्दगीकै सबैभन्दा ठूलो उपहार मलाई मिलन दाइबाट मिल्नेछ ।’ आफूले मिलन चाम्सले पाएको उचाइलाई कमजोर नबनाउने भन्दै गर्दा कविताको आाखाबाट आाशु झरे । उनी, पत्रकार सम्मेलनमै रोइन् ।
पोखराकी गुरुङ समुदायकी कविता र उमेशविचको प्रेमकथा मन छुने रहेको मिलनले बताए । चलचित्रको स्क्रीप्ट अहिले नरेश भट्टराइले लेखिरहेका छन् । चलचित्रमा ताराप्रकाश लिम्बुको संगीत, नवराजकृष्णको छायांकन, अर्जुन जीसीको सम्पादन रहने पक्का भएको छ । चलचित्रको छायांकन १२ दिन नर्वे र त्यसपछि पोखरा र काठमाण्डौमा गरिनेछ ।
प्रतिक्रिया