Bisal Chautari Logo

फ्यानहरुको भ्यालेन्टाइनमा प्रस्तावको ओइरो

- २४ जेष्ठ २०७०, शुक्रबार ०८:४० मा प्रकाशित


केकि भन्छिन् लव यु माई फ्यान

–केकी अधिकारी, अभिनेत्री   
प्रस्तुति :– विशाल राई 

म कलाकारितामा आएको करिब तीन वर्ष भयो होला । छोटै समयमा अहिलेको पोजिसनमा पुग्न पाउँदा म आफूलाई एकदमै लक्की ठान्छु । मेरो यो यात्रामा फ्यानको माया र सपोर्ट छ । विशेष गरेर ती फ्यन जसले मेरो कामको तारिफ गर्दै मलाई अगाडि बढ्न सुझाव दिने गर्दछन् ।
सामाजिक सञ्जाल फेसबुक, ट्विटर मेरो फ्यानसँग नजिकिने दरिलो माध्यम हो । त्यसअलवा सुटिङ स्पोट र कार्यक्रम पनि । कति फ्यान यस्ता पनि छन् जसले चल्न लागेको मेरो चलचित्रको प्रचार–प्रसारसमेत गरिदिन्छन् । अभिनयका मेरा कमीकमजोरी केलाउने र समीक्षा गर्ने पनि फ्यान नै हुन् । ती सबै फ्यान पोस्ट पठाउँछन् । यो हेरेर म कलाकारितामा अगाडि बढ्ने गरेको छु । यसले पनि कलाकारितामा अगाडि बढ्न मलाई सजिलो भएको छ । यतिका लामो समयसम्म पनि कुनै फ्यानले डिस्टब गरेका भने छैनन् । परिणामस्वरप अभिनय र कलाकारिता एकै साथ सजिलै अगाडि बढाउन सकेको छु । केही फ्यानको विशेष ध्यान मेरो अध्यायनमा छ । त्यसैले अध्यानका लागि पनि ध्यान पुर्‍याउन सुझाव दिइरहन्छन् ।
अभिनय मनपराउने मात्र हैन । प्रेम प्रस्ताव पनि धेरै फ्यानले राख्ने गरेका छन् । नर्मल पब्लिकलाई त प्रेम प्रस्ताव आउँछ भने, हामी पब्लिक फिगर बनाएकालाई त झनै आउने भैहोल्यो नि  रु  यो सम्झन्छु र चित्त बुझाउँछु । त्यसरी आउने प्रस्तावलाई प्रोफेसनको सफलता मान्ने गरेकोछु । धेरै फ्यान यस्ता छन् जसले पहिला कामको प्रशंसा र पछि सौन्र्दयको बयान गर्छन्, अनि मात्र प्रेम प्रस्ताव राख्छन् । केही फ्यान मलाई सुहाउने ड्रेस बताउँदै सपिङ गरिदिन्छु भन्छन् । यी प्रस्तावमा चाहेर पनि म केही भन्न सक्दिनँ । बरु यसैमार्फत सरी भन्छु ।
फ्यानलाई भेट्ने एक अवसर सुटिङ पनि हो । आउट डोर सुटिङमा फ्यानसँग फेस टु फेस मज्जाले कुराकानी गर्न पाइन्छ । पहिलोचोटि भेट हुँदा कोही त एकदमै एक्साइटेड हुन्छन् । फोटो खिचाउने र अटोग्राफ लिने सामान्य नै हो । केही फ्यान फेस टु फेस लामो कुराकानी गर्न खोज्छन् तर के गर्नु समय दिनै पाइँदैन । फ्यानसँगको कुराकानीमा चलचित्रकै बारेमा हुन्छ । समग्रमा हेर्ने हो भने मेरा फ्यान केटीभन्दा केटा नै बढी छन् । लाग्छ यो विश्वव्यापी मान्यता रहेछ । केटा सेलिब्रेटीको महिला फ्यान धेरै र केटीका पुरुष हुने रहेछन् । बढीजसो मेरो ध्यान फ्यानका लागि बनाएको फ्यान–पेजमा नै हुन्छ । फ्यानका लागि कुनै नया स्टाटस लेख्न परे फ्यान पेजमा गएर लेख्छु । आफ्नो पर्सनल फेसबुकमा त केही साथी र पत्रकार मात्र छन् । ती करिब ७–८ सय हाराहारीमा होलान् । फ्यान पेजमा चाहिँ मेरो २५ हजारभन्दा बढी फ्यान छन् ।
 फेब्रुअरी १४, अर्थात् भ्यालेन्टाइन डेको दिन मलाई फ्यानको प्रेम प्रस्तावको ओइरो नै लाग्यो । अरबेला त आउँछ भने झ्न यसदिन किन नआओस् ।
 अहिले भएका फ्यानमध्ये प्रमोद शाक्य महत्त्वपूर्ण फ्यान हुन् मेरा लागि । उनी एकदमै एजुकेटेड पनि छन् र कलाकारिता माया गर्ने पनि । मैले कुनै स्टाटस लेखे पहिलो लाइक गर्ने पनि उनी नै हुन्छन् । उनले मेरो अन्तर्वार्ता अथवा समाचार आयो भने फेसबुकको वालमा पोस्ट गरिदिन्छन् । यसले मलाई धेरै सजिलो पनि भएको छ । तर उनलाई भेट्ने मौका पाएकी छैन । कुनै दिन भेट्नेछु यही छ आशा ।
 अन्तमा, फ्यानहरलाई मेरो भित्री मनैबाटै धेरै धेरै थ्याङक्यु भन्न चाहन्छु । किन भने तनावमा पनि फ्यानका कुराले काममा लाग्न मलाई ऊर्जा मिल्छ । फ्यानहरु माया पाउने काममा म अझ लागिपर्ने छु । मैले चाहेर पनि कसैलाई समय दिन नसकेको होला । त्यसका लागि म ‘सरी ल’ भन्न चाहन्छु । कलाकारितामा मलाई मेरो मिहिनेतले भन्दा पनि फ्यानका सल्लाह र सुझाव टिकाइरहेको छ । त्यसैले भन्न चाहन्छु लव यु माई फ्यान ।

प्रतिक्रिया