GHAMPANI movie song APA LAI MERO Ft. Dayahang Rai, Keki Adhikari
विशाल चौतारी समाचार
काठमाडौ, २०७३ चैत २५ शुक्रबार । दीपेन्द्र लामाद्वारा निर्देशित फिल्म ‘घामपानी’को तामाङ सेलो गीत बिहीबार रिलिज गरिएको छ । हाइलाइट्स नेपालको युट्युब च्यानलबाट सार्वजनिक गरिएको ‘आपालाई मेरो’ बोलको गीतमा चन्द्रकुमार दोङको संगीत र फूलकुमार बम्जनको शब्द सुन्न पाइन्छ । गीतलाई सञ्जीव वाइबा, फूलकुमार बम्जन र जितु लोप्चनले गाएका हुन् ।
गीतको छायांकन सिन्धुलीको निबुवाटार गाउामा गरिएको हो । प्रेम लोप्चनको कोरियोग्राफी रहेको गीतमा मुख्य कलाकार दयाहाङ राई र केकी अधिकारीबाहेक प्रकाश घिमिरे, पुष्कर गुरुङ, बुद्धि तामाङ, कविता आले र अरुणा कार्कीको अभिनय हेर्न पाइन्छ । दयाले केकीलाई तामाङ संस्कृति अनुसार घर भित्र्याएको सन्दर्भ गीतले खुलाउाछ ।
‘घामपानी’ फिल्ममा तामाङ सेलो गीत पस्किन पाउादा खुसी लागेको र गीतमा दुई संस्कृतिको फ्युजनका रुपमा डम्फु र सहनाई बाजाको मिश्रण सुन्न पाइने निर्देशक लामाले बताए । संगीतकार दोङका अनुसार नेपाली भाषाको फिल्मका लागि सेलो कम्पोज गर्न पाउादा खुसी लागेको सुनाए । फिल्मका लागि अरु सेलोभन्दा बढी मिहेनत गरिएको उनको दावी छ ।
वैशाख १ गते रिलिज हुने ‘घामपानी’मा तामाङ युवक र बाहुन युवतीबीचको अन्तरजातीय प्रेमकथा प्रस्तुत गरिएको छ । फिल्मको माग अनुसार नै तामाङ सेलो समेटिएको निर्देशक लामाले अवगत गराए । गीतले फिल्मको प्रमोसनमा फाइदा पुग्ने पनि उनको आशा छ ।
APA LAI MERO
OST: GHAMPANI
Vocal : Sanjeeb Waiba, Ful Kumar Bamjan, Jitu Lopchan
Lyrics: Ful Kumar Bamjan
Music : Chandra Kumar Dong
Choreographer: Prem Lopchan
Starring: Dayahang Rai, Keki Adhikari, Ankeet Khadka, Silsa Jirel, Prakash Ghimire, Puskar Gurung, Buddhi Tamang, Kabita Ale, Aruna Karki, Amogh Pokharel
Director of Photography: Shailendra D Karki
Editor: Nimesh Shrestha
Music: Kali Prasad Baskota, Chandra Kumar Dong
Co-producer: Arjun Karki, Maniram Pokharel
Executive Producer: Ram Babu Gurung
Producer: Om Gurung, Shailendra D Karki, Bishwo Gauchan
Writer/Director: Dipendra Lama
प्रतिक्रिया