Bisal Chautari Logo

दयाहाङ, प्रियंका र संजयको ‘ह्याप्पी डेज’ टिजर र प्रर्दशन मिति सार्वजनिक (भिडियो सहित)

- २४ चैत्र २०७३, बिहीबार १२:१२ मा प्रकाशित


Happy Days movie Teaser Dayahang Rai Priyanka Karki and Sanjay Gupta
विशाल चौतारी समाचार
काठमाडौ, २०७३ चैत २४ बिहिबार । चलचित्र ह्याप्पी डेजले अफिसियल टीजर रिलिजसहित देश तथा विदेश प्रदर्शन मिति घोषणा गरेको छ । मिलन चाम्सद्धरा निर्देशित रोमकम ड्रामा मंसिर १५ (डिसेम्बर १)मा नेपालमा रिलिज हुनेछ । निर्माता एवं निर्देशक चाम्सले प्रदर्शन मितिको पुष्टि गरे । लन्डन, अष्ट्रेलिया र हङकङमा भने अगस्ट १ (साउन १७)मा एकसाथ प्रिमियरसहित रिलिज हुने भएको छ ।
Happy Days movie Teaser Dayahang Rai Priyanka Karki and Sanjay Guptaदयाहाङ राई, प्रियंका कार्की, संजय गुप्ता, विक्की जोशी, जोनिया लिम्बु अभिनित सिनेमाले बेलायती आइडीवाली युवतीलाई प्रेममा पार्न संघर्ष गर्ने दुई युवकको संघर्ष चित्रण गर्छ । सम्पूर्ण छायांकन बेलायतमै गरिएको छ । साढे दुई करोड रुपैयाा बजेटमा बनाइएको सिनेमालाई चाम्स इन्टरटेनमेन्टको ब्यानरमा निर्माण गरिएको हो । बीपी खनालको प्रस्तुति, भवानी शर्मा, हीराल जोशी र चाम्सको निर्माण रहेको फिल्मले निर्माण अगाडिदेखि नै हाइप कमाइसकेको छ ।
ताराप्रकाश लिम्बुको संगीत, सम्राट बस्नेतको एक्सन, मिलन चाम्स र कविराज गहतराजको नृत्य निर्देशन समावेश छ । चाम्सद्धरा निर्देशित ब्लाइन्ड रक्स अहिले सम्पादन टेबुलमा छ ।

New Nepali Movie – “Happy Days” Teaser || Dayahang Rai, Priyanka Karki || Latest Nepali Movie 2017

New Nepali Movie – “Happy Days” Official Teaser || Dayahang Rai, Priyanka Karki || Latest Movie 2017
London Cine Eye Production
Chams Entertainment & London Cine Eye Presents
Movie : Happy Days
Producer : Bp Khanal, Bhawani Sharma, Hiral Joshi, Milan Chams
Director : Milan Chams
Cast : Dayahang Rai, Priyanka Karki, Sanjay Gupta, Bikki Joshi, Jeniha Limbu, Monika, Rupa Pun, Ritesh Chams, Jen Bakal, Hup Thapa,
Music : Tara Prakash Limbu, Rajan Raj Siwakoti
Lyrics : Naresh Bhattari, Dinesh Raut, Rajan Raj Siwakoti
Choreography : Milan chams, Kabiraj Gahatraj
Action : Samrat Basnet
Colorist : Renish Phago
Sound Designer 5.1 Mixing : Mukesh Shah
Background Score : Alish Karki
Costume Designer : Yubi Thapa
Publicity Desiger : Shann Thapa
Vfx : Anupam Shah
Chief Asst.Director : Giriraj Ghimire
Asst. Director : Suzzet Gurung
Travel Management Span Entertainment UK
Production Manager : Manju Gurung, Lucky Gurung ( England ), Kalina Shrestha (Scotland )
Distributor : Govind Shahi ( Kafiya Films), Kedar Prajuli ( Shree Krishna Films )
Oversea Distributor : Binod Poudel (Aus )
Post Production : Film Motion Nepal Pvt.Ltd
Digital Rights : OSR DIgital

प्रतिक्रिया