Bisal Chautari Logo

‘मिस्टर नेपाल २०१७’का लागि २४ युवा छानिए

- २० चैत्र २०७३, आईतवार ११:४५ मा प्रकाशित


mister nepal 2017 24 Young  selected
विशाल चौतारी समाचार
काठमाडौ, २०७३ चैत २० आइतबार । ‘मिस्टर नेपाल २०१७’का लागि २४ युवा छानिएका छन् । देशभर बिभिन्न चरणमा आयोजना गरिएको अडिसनबाट यी प्रतियोगी छानिएका हुन् ।
mister nepal 2017 24 Young selected‘मिस्टर नेपाल’ स्वदेशमा आयोजना हुादै आएका पुरुषहरुको सबैभन्दा ठूलो प्रतियोगिता मानिएको छ । यसका बिजेताले नेपालको प्रतिनिधित्व गर्दै एकसय भन्दा बढि राष्ट्रको सहभागीता रहने ‘मिष्टर वल्र्ड’मा भाग लिन पाउने छन् ।
युवाको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धी, क्षमता उजागर लगायत नेतृत्वदायी क्षमताको आवश्यकताको महशुस गरि सोही अनुरुप त्यसको उपयोगिताबारे मार्ग निर्देशन दिंदै समाज उपयोगी जिम्मेवार व्यक्तित्वको रुपमा अगाडि वढाउन प्रतियोगीता सहायक सिद्ध हुने आयोजक एक्सपोज नेपाल डटकमका अध्यक्ष दिनेश शाहीले बताए ।
१६ बर्षदेखि ३२ बर्ष ननाघेका युवाको सहभागिता रहेको प्रतियोगीतामा छानिएका प्रतियोगी केही दिनमै प्रशिक्षण जुट्ने छन् ।
प्रशिक्षणका क्रममा प्रतियोगीले स्वमिङ, फुटवल, रक क्लाइमिङ, समाजसेवा, सर्ट हाइकिङ, क्याटवाक, व्यक्तित्व विकास, पब्लिक स्पिकिङ लगायतका विधामा दक्ष प्रशिक्षक द्धारा प्रशिक्षण कार्यक्रम संयोजक अर्चना थापाले जानकारी दिइन् ।
प्रतियोगीताको विजेताले मिस्टर वल्र्डमा देशको प्रतिनिधित्व गर्नुका साथै मोटर बाइक लगायत बिभिन्न उपहार जित्न सक्नेछन् । प्रतियोगीताको अन्तिम स्पर्धा नयाा बर्षको बैशाखमा हुनेछ ।

प्रतिक्रिया