Bisal Chautari Logo

रेवत र मेलिनाको ‘तिम्रो घरको पल्लो घरमा डेरा सर्ने मेरो चाहना’ गीत सार्वजनिक ( भिडियो सहित)

- ६ चैत्र २०७३, आईतवार १६:५३ मा प्रकाशित


Rewat Rai and Melina Rai song Timro Gharko Ft.Pushpal Khadka & Namrata Sapkota
विशाल चौतारी समाचार
काठमाडौ, २०७३ चैत ६ आइतबार । नेपाली साङ्गीतिक क्षेत्रमा चर्चामा आइरहेका गायक रेवत राई र गायिका मेलिना राईको तिम्रो घरको पल्लो घरमा डेरा सर्ने मेरो चाहना’ बोलको गीत सार्वजनिक भएको छ । नवराज राईको शब्द रचनामा बशन्त सापकोटाले लयबद्ध गरेको उक्त गीतलाई साहस शाक्यले एरेन्ज गरेका छन् ।
Rewat Rai and Melina Rai song Timro Gharko Ft.Pushpal Khadka & Namrata Sapkotaगायक रेवत राई र मेलिना राईको संयुक्त गीति एल्बम ‘अलग उपहार’मा उक्त गीत रहने रेवत राईले सूचना खबरलाई बताएका छन् । उक्त एल्बममा जम्मा ८ वटा गीतहरु रहने छन् । यहीा एल्बममा रहने अर्को एउटा गीत भने यो भन्दा अगाडि नै सार्वजनिक भईसकेको छ ।
तिम्रो घरको पल्लो घरमा,डेरा सर्ने मेरो चाहना बोल रहेको गीतको म्युजिक भिडियो पनि यु ट्युबमा सार्वजनिक भएको छ । उक्त म्युजिक भिडियोमा पुष्पलाल खड्का र नम्रता सापकोटाले अभिनय गरेका छन् । अर्जुन अधिकारीको निर्देशन रहेको छ भने,उत्सव दाहालको छायांकन र निशान घिमिरेको भिडियो सम्पादन रहेको छ । ‘अलग उपहार’गीति एल्बम भने अब चाडै बजारमा सार्वजनिक गर्ने गायक रेवत राईले बताएका छन् ।

Melina Rai & Rewat Rai Ft.Pushpal Khadka & Namrata Sapkota l New Nepali Song 2017 | Timro Gharko

Timro Ghar Ko……. (ALAG UPAHAAR)
Rewat Rai / Melina Rai
Lyrics: Nabaraj Rai
Music : Basanta Sapkota
Arranger : Sahash Shakya
Studio : Acoustic
Audio/video: E-Media Hub Ltd.
Artist : Pushpal / Namrata
Camera : Utsav Dahal
Edit : Nishan Ghimire
Direction : Arjun Adhikari

प्रतिक्रिया