Bisal Chautari Logo

१५ हजार डलरमा बिक्री भयो लेडी गागाको पहिरण

- २७ बैशाख २०७१, शनिबार ०५:३० मा प्रकाशित


Lady Gaga’s Dress Was Auctioned At 15 Thousand Dollars
लस एञ्जल्स, २०७१ बैशाख, २७ शनिवार । अमेरिकी पप गायिका लेडी गागाले पहिरिएको एक ड्रेस १५ हजार डलर (करिब नेपाली १५ लाख रुपैयाँ) मा बिक्री भएको छ । 

बिक्री भएको ड्रेस गायिका गागाले पहिरिएर केही समय अगाडी ‘हार्पस बजार’ म्यागेजीनको मार्च अंकको लागी फाटोसुट गराएकी थिइन् । यो ड्रेसको चार पीस विशेष किसिमले तयार पारिएको छ । यहि चार मध्ये एक ड्रेस गायिका गागाले फोटो सुटमा पहिरिएकी थिइन् । 

गायिका गागाले भनेकी छिन्, ‘यस आर्कषक ड्रेसले मलाई एक नयाँ लुक्स दिएको छ । यो ड्रेसलाई विशेष किसिमले डिजाइन गरिएको छ’, गायिका लेडी गागाले बताइन् । बजारमा आफ्नो सुन्दरता देखाउँन यो ड्रेस अत्यन्तै राम्रो हुनेपनि गायिका गागाले बताएकी छिन् ।

प्रतिक्रिया