Bisal Chautari Logo

नोभेम्बर रेनपछि ‘डल्ली’ म्युजिक भिडियोमा व्यास्त

- २७ बैशाख २०७१, शनिबार १०:०२ मा प्रकाशित


Dalli-Chhulthim-Gurung
विशाल चौतारी समाचार 
काठमाडौं, २०७१ बैशाख, २७ शनिवार । चलचित्र ‘नोभेम्बर रेन’बाट नेपाली चलचित्रको पर्दामा डेब्यु गरेकी अभिनेत्री छुल्ठिम गुरुङ अहिले चर्चामा रहेकी छिन् । चलचित्रमा उनले गरेको अभिनयलाई सबैले रुचाएका छन्, भने यसै सिनेमाबाट उनलाई अर्को नाम ‘डल्ली’ भनेरपनि चिनिन थालिएको छ ।
चलचित्रमा उनले निर्वाह गरेको ‘डल्ली’ पात्र दर्शकमाँझ सर्वाधिक चर्चामा छ । तर अभिनेत्री छुल्ठिम भने सिनेमा नखेल्ने बताउँछिन् । सिनेमा नखेल्ने बताएपनि अभिनेत्री डल्लीले भिडियोमा भने कामै गर्न भ्याइ सकिन् । ‘दिङला बजार’मा बोलको गीतमा अभिनेत्री छुल्ठिमले अभिनय गरेकी हुन् । योगेन्द्र  राईको पहिलो एल्बम ‘उत्साह’मा समावेश यो गीतको म्युजिक भिडियोलाई विज्ञान राईले निर्देशन गरेका हुन् । यो गीतमा शब्द तथा संगीत पनि स्वयम् गायक राइकै रहेको छ । यो भिडियोमा पूर्वी पहाडी जिल्ला भोजपुरको सांस्कृतिक तथा धामिर्क महत्व बोकेको दिङलाका ऐतिहासिक धामिर्कस्थलहरुको दृश्य कैद गरिएको छ । भिडियोमा नेपालमा जनस्तरबाट देशमै पहिलो पाठशाला खोल्ने बालागुर षडानन्द अधिकारीकोको शालिकलाई पनि कैद गरिएको छ । अभेज बज्रचार्यले छायांकन गरेको भिडियो चाँडै बजारमा आउने गायक तथा मोडल योगेन्द्र राईले जानकारी दिए ।

ad

प्रतिक्रिया