Bisal Chautari Logo

कट्रिना कैफ र रणवीर कुपरको तमासा

- १० असार २०७०, सोमबार ०६:०९ मा प्रकाशित


मुम्बई ।  बलिउडमा अभिनेता र  अभिनेत्रिको नाम जोडिनु सान्यनै हो । तर लामो समय अभिनेता सलमान खानसंग नाम जोडिएकि अभिनेत्रि  कट्रिना कैफ दिपिका पादुकोणसंग नाम जोडिएका चक्लेटी अभिनेता रणवीर कुपरबीचको रोमान्सले बलिउड ततेको छ । उनीहरू दिनरातसँगै भेटिन्छन् । लामो समय सलमान खानसँग जोडिएकी कट्रिना अहिले रणवीरसँग यसरी जोडिएको छ कि, माइक्रोब्लगिङ साइटमा समेत चर्चा हुन थालेको छ । कट्रिना र रणवीरको हिमचिमलाई रमाइलो गर्ने ‘जोक’ नै बन्न थालेको छ बलिउडमा ।
फेसबुकमा जानुहोस् https://www.facebook.com/pages/Bishal-chautari/260522217427228

कहिले रेस्टुरेन्टमा लन्च गरिरहेको अवस्थामा भेटिन्छन् भने कहिले लङ ड्राइभमा । पार्टीको त कुरै छाडौं । प्रायः रोमान्समै भेटिन थालेका कट्रिना र रणवीरको बारेमा फिल्म निर्माता मेलानी इस्र्टनले आफ्नो ट्विटरमा राम्रै ‘जोक’ बनाएर थुप्रै प्रतिक्रिया बटुलेका छन् । मेलानीले यी दुईलाई मंगलबार बान्द्राको एक रेस्ट्रो बारमा देखेका रहेछन् । हुन त अरूबेला पनि कतै भटेका होलान् । तर, त्यसदिनको भेटलाई उनले यसरी पोखेका छन्, सुन्दा कुनै फिल्मको दृश्यजस्तै लाग्छ । मेलानीले कट्रिना र रणवीरलाई भेट्दा आफूसँग आमिर खान, करण जोहर र सिद्धार्थ मल्होत्रा पनि भएको बताएका छन् ।
मेलानीले रणबीर र आमिरसँगै भएको आफ्नो फोटो ट्विटरमा अपडेट गर्दै लेखे, ‘आज हामीले एक अटो रिक्सा ड्राइभरलाई देख्यौं, उसले लेटनाइट अटो चलाइरहेका थिए । तर, रिक्सा खाली थिएन । त्यसमा रणबीर र कट्रिना थिए ।’ साथै मेलानीले फेरि थप्दै लेखेका छन्, ‘उनीहरु हिल्सको वरिपरि घुमिरहेका थिए । उनीहरूलाई पुलिसले पनि रोकेको थियो । त्यतिखेर कट्रिनाले रिक्सा चलाइरहेकी थिइन् । रिक्सामा कट्रिना देखेपछि पुलिसले अटोग्राफ मागेका थिए ।’

प्रतिक्रिया