Bisal Chautari Logo

मिस नेपाल पिसका लागि २२ युवती छनौट

- १९ माघ २०७३, बुधबार १४:०४ मा प्रकाशित


Miss Nepal Peace 2017 audition
विशाल चौतारी समाचार
काठमाडौ, २०७३ माघ १९ बुधबार । सौदर्य प्रतियोगीता ‘मिस नेपाल पिस’का लागि २२ युवती छानिएका छन् । बुधबार राजधानीको जमल स्थित गाष्टो पपमा आयोजित पहिलो चरणको अडिसनबाट यी प्रतियोगी छानिएका हुन् ।
Miss Nepal Peace 2017 auditionक्यान्सर सम्बन्धि जनचेतना जगाउाने कार्यक्रम सहित आयोजित अडिसनमा सय भन्दा बढि नर्स तथा नर्सिङ कलेजमा अध्यायनरत युवतीले अडिसन दिएका थिए । ति मध्य २२ प्रतियोगी मात्र अन्तिम स्पर्धाका लागि छनौटमा पर्न सफल भएका हुन् ।
डा. लोचन कार्की, डा.संध्या चापागाई, डा. सुजिता हिराचन, दुर्गा श्रेष्ठ, अभिनेता मोडल निरज थापा, रोजिन शाक्य लगायत निर्णायक रहेको प्रतियोगीताको अर्काे अडिसन बिहिबार सोही स्थानमा हुादैछ ।
‘मिस नेपाल पिस’ शान्तीको सन्देश फैल्याउने प्रतिबद्धताका मिस नर्सको परिमार्जित प्रतियोगीता हो । प्रतियोगीताको विजेताले ‘मिस वल्र्ड पिस’मा नेपालको प्रतिनिधित्व गर्न पाउने नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रबि धमलाले बताए ।
कार्यक्रममा डा. सुजिता हिराचन, डा. सन्ध्या चापागाई र डा.अनुस्का गुरुङले स्तन क्यान्सरका बारेमा चेतना मुलक अभिब्याक्ति राखेका थिए ।‘सशक्त महिला सवल राष्ट्र’ भन्ने नारा उठाएको यो स्वास्थ्य पेसासाग सम्बन्धित एक मात्र सामाजिक सौदर्य प्रतियोगिता हो । जसको आवेदन केही अगाडि खुल्ला भएको थियो ।

नसिङ पेसा रहेका, अध्यायन गरिरहेका ब्याक्तिको ब्यक्तित्व बिकाश गरि सामाजिक काम प्रति उत्तर दाइत्व बहन गराउाने उदेश्यले प्रतियोगीता आयोजना हुादै आएको छ । प्रतियोगीताको प्रारम्भिक छनौट देशका बिभिन्न स्थान बेष्ट क्यान्सर सम्बन्धि जनचेतना र हेल्थ क्याम्प सहित आयोजना हुने आयोजकको भनाई रहेको छ ।

प्रतिक्रिया