bikasha sangam rai Album ghayal
विशाल चौतारी समाचार
काठमाडौ, २०७३ माघ १९ बुधबार । खोटाङस्थित बाम्राङ घर भएका नवगायक विकास संगम राईले बुधबारबाट ‘घायल चरी’ नामक डेब्यु एल्बम श्रोतामाझ ल्याएका छन् । बाम्राङ सेवा समाजले राजधानीमा आयोजना गरेको कार्यक्रममा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव तथा वरिष्ठ संगीतकार र गायक गणेश रसिक, गीतकार तथा कवि भुपाल राई र समाजका अध्यक्ष देवान राईले एल्बम सार्वजनिक गरे ।
कार्यक्रममा प्रतिष्ठानका सदस्य सचिव रसिकले संगीत विना मान्छेको जीवन अधुरो रहने बताउादै आफु संगीत क्षेत्रमा नलागेको भए हालसम्म जीवित हुन नसक्ने खुलाए ।
सानै उमेरदेखि राजेशपायल राई र रामकृष्ण ढकालका गीत गुनगुनाएर हुर्किएका विकासले प्लस टुसम्मको अध्ययन गरेका छन् । ३ वर्ष अघि काठमाडौं आएका विकासको एल्बममा ‘घायल चरी’, ‘माया नमार’, ‘नत्थीवाली’, ‘म मरेमा’, ‘ए मेरी आमा’ बोलका गीत छन् । गीतमा गायक विकाससागै पुष्पराज बस्याल, जीएस स्मृतको शब्द छ भने गोविन्द थापा मगर, साधन राई र उनको आफ्नै संगीत छ । सबै गीत लोक आधुनिक फ्लेबरका छन् ।
भर्जिन रेकर्डस् प्रालिले बजारमा ल्याएको एल्बममा विकासका दाजु रविन, राजकुमार राई, भाई रकेश, अंकल देवान राई र गायक कन्काईष्ट राईको विशेष सहयोग छ । गायक कन्काईष्ट भर्जिन रेकर्डस्का प्रोप्राइटर हुन् । गायक विकासका अनुसार एल्बममा रहेको गीतको भिडियो चाडै निर्माण गरिनेछ ।
प्रतिक्रिया