Bisal Chautari Logo

विवसको गीतमा वर्षाको रोमान्स (भिडियो सहित)

- १९ माघ २०७३, बुधबार ०५:५७ मा प्रकाशित


Bibas Aryal song ft Barsha Raut
विशाल चौतारी समाचार
काठमाडौ, २०७३ माघ १८ मंगलबार । संगीतकारद्वय अर्जुन पोखरेल तथा राम सिटौलाका सांगीतिक चेला गायक विवस अर्यालले आफ्नो नयाँ गीत ‘ओठले तिमी नबोले नि…’ को म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गोरखा, फुजेलका विवसले संगीतकार अर्जुन पोखरेलकै संगीत निर्देशनमा तयार भएको गीत गाएका हुन् । यो गीतमा संगीतकार पोखरेलकै संगीत संयोजन छ । विवस विगत पाँच वर्षदेखि संगीतको प्रशिक्षण लिइरहेका छन् ।
Bibas Aryal song ft Barsha Rautयूट्युबमार्फत प्रिमियर गरिएको यो गीतमा अभिनेत्री वर्षा राउत तथा मोडल विजन दुवाडीले अभिनय गरेका छन् । काठमाडौंको चोभारसहितका आकर्षक लोकेशनमा छायांकन गरिएको उक्त भिडियोको निर्देशन रमण बस्नेतले गरेका हुन् । पवन गौतमद्वारा छायांकन गरिएको यो भिडियोका सम्पादक सुवास देवकोटा हुन् ।
यस्तो छ भिडियो :

New Nepali Song By Bibas Aryal – Othlay Timi Naboleni feat. Barsha Raut || Official Video ||

Singer: Bibas Aryal
Lyrics/Music: Arjun Pokhrel
Artist: Barsha / Bijan
Editor: Subash Devkota
Direction: Raman Basnet

प्रतिक्रिया