Bisal Chautari Logo

‘सारङ्क’ को फस्टलुक र ट्रेलर सार्वजनिक (भिडियो सहित)

- २८ पुष २०७३, बिहीबार ०४:१६ मा प्रकाशित


SARANK nepali movie Trailer Ft Sapana Thakuri, Subarna Khadka, Aakash Shrestha 
विशाल चौतारी समाचार
काठमाडौ, २०७३ पौष २८ बिहिबार । निर्माण भएको झण्डै २ बर्षपछि नेपाली चलचित्र ’सारङ्क’ प्रदर्शनको लागि तयार भएको छ । मंगलबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै निर्माणपक्षले चलचित्रको फस्ट लुक पोष्टर, गीत र ट्रेलर सार्वजनिक गरेको छ । अमेरिकामा प्रिमियर भएपछि यो चलचित्र नेपालमा प्रदर्शन हुने चलचित्रका निर्माता तथा निर्देशक विरेन्द्र हमालले जानकारी दिए । SARANK nepali movie Trailer Ft Sapana Thakuri, Subarna Khadka, Aakash Shresthaनया कलाकारहरुको बाहुल्यता रहेको चलचित्र सारङ्कमा सपना सिंह ठकुरी, सुर्वण खड्का, आकाश श्रेष्ठ, नवराज कार्की लगायतका कलाकारहरुको अभिनय रहेको छ । सागरसिंह ठकुरीको पटकथा तथा संवाद रहेको चलचित्रमा विष्णु बाँस्तोलाको छायााकन,गौतम राज खड्का सम्पादन र विरेन शाक्यको संगीत तथा किरण दाहालको द्धन्द्ध रहेको छ ।
कार्यक्रममा बोल्दै चलचित्रका निर्देशक हमालले चलचित्र ’सारङ्क’ देशभक्ती चलचित्र भएको बताए । उनले भने ‘–हामीले चलचित्रमार्फत देशसाग तिमीले के माग्ने भन्दा पनि तिमीले के दिन दियौं भन्न खोजेका छौं । कुनै पनि नराम्रो मान्छेमा एउटा राम्रो पक्ष पनि हुन्छ, यसलाई आत्मसाथ गर्दै यदि ऊ सुध्रिन चाहन्छ र आफैंले निर्माण गरेको सामाजिक बिकृति र मुल्य मान्यता बिरुद्ध आफैं लड्न चाहन्छ र उक्त समाजलाई सुधार्न चाहन्छ भने त्यसलाई समर्थन गर्ने वा नगर्ने भन्ने नै यस चलचित्रको मुख्य उद्येश्य हो ।
चलचित्रमा पहिलो पटक ५ वटा द्धन्द्धका दृश्यहरु समाबेश गरिएको छ र चलचित्रमा पहिलो पटक महिला द्धन्द्ध निर्देशक किरण दाहालले द्धन्द्ध निर्देशन गरेकी छन् । सम्भवत: उनको यो निर्देशन दक्षिण एसियामै पहिलो पटक महिला द्धन्द्ध निर्देशकको रुपमा पहिचान बनेको छ । झण्डै एक दशक लामो द्धन्द्ध कलाकारितापछि उनले पूर्णरुपमा द्धन्द्ध निर्देशन गरेको यो पहिलो चलचित्र हो । उनले यसअघि २०६९ सालमा प्रदर्शनमा आएको चलचित्र ’लुट’ मा सह(द्धन्द्ध निर्देशक भएर काम गरेकी थिइन । ’सारङ्क’ को अर्थ माहुरीको झुण्ड हो ।

New Nepali Movie SARANK Official Trailer 2017 Ft. Sapana Thakuri, Subarna Khadka, Aakash Shrestha

New Nepali Movie SARANK
Artist : Sapana Singh Thakuri, Subarna Khadka, Aakash Shrestha, Nawaraj Karki, Sandeep Yonjan, Niranjan Sharma, Kushal Bista, Mohan Shrestha
Poster Design : Anup Paudel (Hi-Rez)
Story/Dialogue/Screenplay : Sagar Singh Thakuri
Music : Biren Shakya
Cinematography : Bishnu Aghori
Background Score : Samrat Thapa
Editor : Gautam Raj Khadka
Action : Kiran Dahal
Choreography : Brihas Sunuwar
Chief Asst. Director : Sagar Singh Thakuri
Post : Busy Bee Entertainment
Producer/Director : Birendra Hamal

प्रतिक्रिया