Bisal Chautari Logo

विहेको सात वर्षपछि एक व्यक्तिको दावी, ‘ऐश्वर्यासँग रोमान्टिक सम्बन्ध थियो’

- २७ बैशाख २०७१, शनिबार १३:०० मा प्रकाशित


Aishwarya-rai-Man-Claims-He-Had-Romantic-Relationship
मुम्बई, २०७१ बैशाख, २७ शनिवार । हरेक सेलिव्रेटीहरु विश्वमै एक न एक घट्नाले चर्चामा आएरहेका हुन्छन् । त्यस्तै क्रममा पूर्व मिस वल्र्ड तथा बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन एकपटक फेरी मिडियामा छाएकी छिन् । प्रसंग हो एक विदेशी नागरिकका अनुसार जब ऐशको विवाह भएको थियो तब उनी ऐश्वर्यासँग रोमान्टिक सम्बन्धमा थिए ।
श्रीलंकी मूलका सो व्यक्तिले आफ्नो नाम निरोशन देवप्रिय बताएका छन् । निरोशनले भनेका छन् की, जब ऐशले अभिनेता अभिषेकसँग विवाह गरिन्, त्यतिबेलादेखि नै उनी मानसिक तनाव झेल्दै आएका छन् । निरोशन पछिल्लो समयमा ताइवान चिनमा रहेका छन् । 
बलिउड सञ्चार माध्ययमको खबरलाई मान्ने हो भने निरोशनले यो मामला पुलिसलाई बताएका छन् र यसका लागि एक वकिल पनि नियुक्त गरेका छन् । वकिललाई उनले १७ लाख भारुमा नियुक्त गरेका हुन्, र उनले सो रकम आफ्नो वकिललाई दिइसकेका छन् । 
केही दिन अगाडी जानकारी भए अनुसार वकिलले ठगेका छन् । समाचारका अनुसार निरोशनले एश्वर्याको विरुद्धमा मानसिक विमारीको मामलामा मुद्धा दर्ता गराएका हुन् । 
विशेष कुरा यो छ की अभिनेत्री ऐश्वर्या र अभिषेकको विवाह भएको सात वर्ष भइसकेको छ र उनीहरुबाट जन्मिएको आराध्या नामको दुई वर्षकी छोरीपनि भइसकेकी छिन् ।

प्रतिक्रिया