Bisal Chautari Logo

‘ब्युटिसियन नेपाल’की विनर तथा मोडल गौराको गल्फुटारमा ‘ब्युटि वल्र्ड क्लव’ उद्घाटन (फोटोफिचरसहित)

- १५ पुष २०७३, शुक्रबार १३:२८ मा प्रकाशित


gaura rai beauty world club and training center
विशाल चौतारी समाचार
तस्बिर : विशाल राई
काठमाडौ, २०७३ पौष १५ शुक्रबार । ‘ब्युटिसियन नेपाल–२०१५’की विनर तथा मोडल गौरा राईले काठमाडौको गल्फुटार चोकमा ‘ब्युटि वल्र्ड क्लव एण्ड ट्रेनिङ सेन्टर’ सञ्चालनमा ल्याएकी छिन् । शुक्रबार (आज) सो ब्युटि क्लवको चर्चित कोरियोग्राफर मोडल तथा आरजे कला सुब्बा, चर्चित कोरियोग्राफर तथा मोडल हिमानी सुब्बा, वरिष्ठ पत्रकार कृष्ण भट्टराई लगायतले रिवन काटेर उद्घाटन गरेका थिए ।
gaura-rai-beauty-world-club-and-training-center‘ब्युटि वल्र्ड क्लव एण्ड ट्रेनिङ सेन्टर’ उद्घाटनमा गायिका तायाहाङ्मा राई, गायक रेवत राई, मिसेस मंगोल नेपालकी विनर सोनम राई, एमाजोन इन्टरटेन्मेन्टका अध्यक्ष कमल खतिवडा लगायत उपस्थित थिए ।
उद्घाटनपछि ब्युटिसियन तथा मोडल गौराले १० वर्षदेखी ब्युटिसियन क्षेत्रमा सिकेको अनुभवका आधारमा गुणास्तरिय सेवा दिने उद्देश्यले यो क्लव सञ्चालनमा ल्याएको बताएकी छिन् । गौराले भनिन्, ‘अर्गानिक मेकअप र स्किन ट्रिटमेन्ट’ ब्युटि वल्र्ड क्लव एण्ड ट्रेनिङ सेन्टरको मुख्य आकर्षण रहेको छ ।’ नाम ब्युटि क्लव भएपनि पुरुषहरुका लागि पनि भएको गौराले बताइन् । हेयर कटिङ, कलरिङलगायतका सेवा सो क्लवमा पुरुषले पनि पाउनेछन् ।
gaura-rai-beauty-world-club-and-training-center-2यसअघि बानेश्वरमा पार्लर सञ्चालन गरेर ब्युटिसियन सम्बन्धी दख्खल हासिल गरेकी गौराले आफ्नो ब्युटि क्लवमा अरुको भन्दा सस्तोमा गुणास्तरिय सेवा प्रदान गर्ने लक्ष्य लिएकी छिन् । ब्युटि केयर र ब्युटि टिप्सबाहेक क्लवमा ट्रेनिङसमेत दिइने गौराले बताइन् । केही समय अगाडी ब्युटिसियन गौराले अभिनय गरेको म्युजिक भिडियो सार्वजनिक भएको थियो ।
गल्फुटार चोकमै रहेको ब्युटि क्लवमा ब्युटि, फेसियल, मेकअप, क्लिजिङ, हेयर र ब्लेथजस्ता सौन्दर्यसम्बन्धी सबै किसिमका सेवाको सुविधा रहेकोपनि गौराले बताइन् ।

gaura-rai-beauty-world-club-and-training-center-7

gaura-rai-beauty-world-club-and-training-center-5

gaura-rai-beauty-world-club-and-training-center-2

gaura-rai-beauty-world-club-and-training-center-6

gaura-rai-beauty-world-club-and-training-center-3

gaura-rai-beauty-world-club-and-training-center-1

प्रतिक्रिया