Bisal Chautari Logo

पुरुषोत्तमले २१ वर्षे प्रेमसम्वन्ध बिबाहमा परिणत गरे

- २७ बैशाख २०७१, शनिबार १६:१६ मा प्रकाशित


Purushottam Pradhan and anu shrestha
विशाल चौतारी समाचार 
काठमाडौं, २०७१ बैशाख, २७ शनिवार । नेपाली सिनेमा क्षेत्रका चर्चित सिनेमाटोग्राफर पुरुषोत्तम प्रधानले आज शनिवार  अनु श्रेष्ठसंग आफ्नो २१ वर्ष लामो प्रेम सम्वन्धलाई बिबाह बन्धनमा परिणत गरेका छन् । 
ब्यस्तताको कारण जनाउदै धेरै पटक विवाह योजनालाई सार्दै आएका प्रधानले आज शनिबार विवाह बन्धनमा बाधिएका हुन् । काठमाण्डौँ गोठाटार निवासी अनु श्रेष्ठसंग पुरुको विगत २१ बर्षदेखि प्रेम सम्बन्ध रहेको थियो । उनको बिबाह पारिवारिक जमघटका बीच नेवारी परम्परा अनुसार बिहे सम्पन्न भएको छ । धेरै सफल चलचित्र खिचिसकेका पुरुषोत्तम ३५ बर्षका भए ।

प्रतिक्रिया