Bisal Chautari Logo

लिटिल प्रिन्स एण्ड प्रिन्सेसको ट्यालेन्ट शो

- २४ कार्तिक २०७३, बुधबार ०५:०६ मा प्रकाशित


little prince and princess 2016 Talent Show
विशाल चौतारी समाचार
काठमाडौ, २०७३ कात्तिक २४ बुधबार । बेटर ग्यालेक्सी इन्टरटेनेमन्को आयोजनामा राजधानीमा हुन लागेको १४ औं संस्करणको ‘लिटिल प्रिन्स एण्ड प्रिन्सेस’का प्रतियोगीले शनिवार राजधानीमा ट्यालेन्ट शो अन्तर्गत आफ्नो प्रतिभा प्रस्तुत गरेका छन् । राजधानीको सिटी सेन्टरमा आयोजित कार्यक्रममा ५६ जना प्रतियोगीले विविध प्रतिभा देखाएका हुन् ।
little-prince-and-princess-2016-talent-showकक्षा २ देखि ४ र कक्षा ५ देखि ८ सम्मका गरी दुई समूहमा प्रतिष्पर्धारत प्रतियोगीले नृत्य, गीत, क्यारिकेचर, कराातेकला, कत्थक नृत्य, अभिनयकला लगायतका प्रतिभा प्रस्तुत गरेका थिए ।
ट्यालेन्ट शोमा कोरियोग्राफर अनुपम श्रेष्ठ, सुरसुधाका सुरेन्द्र श्रेष्ठ, सिटी सेन्टरकी रेश्मा श्रेष्ठ, तस्वीर स्टुडियोका शिवलाल श्रेष्ठ र कोरियोग्राफर मुस्कान शाही ठकुरी निर्णायकका रुपमा रहेका थिए ।

आयोजक संस्थाका प्रमुख धिरज तण्डुकारका अनुसार काठमाडौं, भक्तपुर र ललितपुरका १२ विद्यालयका सहभागी प्रतियोगीलाई प्रत्येक शनिवार बिहान १० बजेदेखि सााझ ४ बजेसम्म विविध विषयमा प्रशिक्षण दिने गरिएको छ । ‘प्रतियोगीलाई व्यक्तित्व विकास, आत्मविश्वास, क्याटवक, अभिनय, गायन, चित्रकलालगायतका विविध विषयमा प्रशिक्षण दिइरहेका छौं ।’ उनले भनिन् । सुरजनी केसीको कोरियोग्राफी रहेको प्रतियोगिताको फिनाले आगामी मंसीर ४ गते राष्ट्रिय नााचघर जमलमा हुनेछ ।

प्रतिक्रिया