Bisal Chautari Logo

श्याम सामसोङकोे ‘मुर्चुङगा–२’ विमोचित (भिडियो सहित)

- १३ आश्विन २०७३, बिहीबार ०८:३३ मा प्रकाशित


Shyam Samsong Rai Pardafas Bho Ft Keki Adhikari and Yogendra Rai
विशाल चौतारी समाचार
काठमाडौ, २०७३ असोज १३ बिहिबार । गायक श्याम सामसोङ राईको ‘मुर्चुङगा’को सिरिज ‘मुर्चुङगा–२’ विमोचित भएको छ । गत मंगलबार अनामनगरस्थित विनायो क्याफेमा एक समारोहबीच बरिष्ठ गीतकार भुपाल राई, संगीतकार तथा प्राज्ञ शान्तिराम राई, महेश खड्कालगायतले सार्बजनिक गरे । यो गायक श्यामको तेस्रो एल्बम हो । जसमा चार गीत समावेश छन् ।
shyam-samsong-rai-pardafas-bho-ft-keki-adhikari-and-yogendra-raiलामो समयदेखि गीत संगीत साधनामा लिप्त श्यामले घुम्टो खोल मुस्कुराउ बोलको पहिलो गीत २०५७ सालमा साउण्ड लिंक स्टुडियोमा रेकर्ड गराएका थिए । त्यसपछि गायनयात्रा प्रारम्भ गरेका उनले २०६४ मा एकल एल्बम ‘मुर्चुङगा’ ल्याएका थिए । उक्त एल्बमको टाइटल ट्रयाक मुर्चुङगामा रोए म सारंगीमा रेटिए बोलको गीत दर्शक श्रोताबाट धेरै रुचाइएको थियो । त्यस्तै उनी आफ्नो पछिल्लो एल्बम ‘मुर्चुङ्गा–२’ का गीतहरु पनि दर्शक तथा श्रोताले रुचाउनेमा ढुक्क छन् । कार्यक्रममा बोल्दै श्यामले भने, ‘यो एल्बम निकै लामो समयपछि मिहिनेत गरेर ल्याएको हुँ । अवश्य श्रोताले रुचाउ्ँनेछन् भन्ने लाग्छ ।’ यो एल्बम उनले तीन बर्षपछि ल्याएका हुन् ।
shyam-samsong-rai-pardafas-bho-ft-keki-adhikari-and-yogendra-rai-1यसबाहेक उनले राई बान्तवा भाषामा पारुहाङ निन् सुम्निमा र साकेन्वा मुन्दुम नामक २ वटा गीति एल्बम पनि निकालेका छन् । थोरै गीत तर स्तरीय निकाल्न रुचाउने गायक श्याम बर्तमानमा रेष्टुरेण्ट ब्याबसायी पनि हुन् । उनको बिनायो क्याफे एण्ड रेष्टुरेण्ट नामको फेमिली रेष्टुरेण्ट काठमाडौको मुटु अनामनगर चोकमा सञ्चालनमा छ । भोजपुरको तिम्मामा जन्मेर काठमाडौ हुँदै भारतीय राजदुताबासबाट छात्रबृत्ति पाएर भारतको लखनऊस्थित भातखण्डे संगीत बिश्व बिद्यालयबाट संगीत बिषयको गहिरो शिक्षा हापसल गरेका श्याम गीतसंगीतबाहेक पढ्न तथा घुम्न रुचाउँछन् । उनको पिखुवा एन एक्स्पेडिशन नामक पहिलो बृत्तचित्र ३ बर्ष पहिले तयार भएको थियो ।

Pardafas Bho – Shyam Samsong Rai Ft. Keki Adhikari and Yogendra Rai | New Nepali Lok Pop Song 2016

Vocal: Shyam Samsong Rai
Lyrics / Music: Bikram Rai
Arranger: Udayaraj Paudel
Recorded At: Binayo Music
Model: Keki Adhikari and Yogendra Rai
Choreography: Gamvir Bista
Camera: Arjun Tiwari and Team
Direction / Edit: Bigyan Rai

प्रतिक्रिया