Chhuti Jane Maya song by Buddha N Shrestha ft Anu and Binod
विशाल चौतारी समाचार
काठमाडौ, २०७३ असोज १३ बिहिबार । के जबर जस्ती माया हुन्छ र ? यही शब्दलाई उतार्दै फिल्मी शैलीमा बनेको पासाङ योञ्जनद्धरा निर्देशित एक म्युजिक भिडियो सार्वजनिक भएको छ । जहा अहिलेकी चर्चित मोडल तथा अभिनेत्री अनु शाह, मोडल बिनोद पौडेल र किरात थापाले काम गरेका छन् ।
गायक बुद्ध एन श्रेष्ठको स्वरमा रहेको गीत ‘छुटी जाने माया’ बोलको भिडियो सार्बजनिक भएको हो । सुरेश थापा शब्द रहेको गीतमा गायक श्रेष्ठकै संगीत रहेको छ भने संगीत संयोजन फिरोज बज्राचार्यको छ । भिडियोले प्रेम पीडाको कथा पेश गर्छ । ज्ञानेन्द्र शर्माले खिचेको भिडियोलाई प्रविन श्रेष्ठले सम्पादन गरेका हुन् ।
प्रतिक्रिया