Bisal Chautari Logo

अमेरिकामा सुटिङ गरिएको गायिका तायाहाङ्माको ‘हरेक दिन’ सार्वजनिक (भिडियो सहित)

- ९ आश्विन २०७३, आईतवार ०६:३१ मा प्रकाशित


tayahangma rai newsong harek din Ft Vivek and Seema
विशाल चौतारी समाचार
काठमाडौ, २०७३ असोज ९ आइतबार । पछिल्लो समय आधुनिक गायनमा निकै चर्चामा रहेकी गायिका तायाहाङ्मा राईको ‘हरेक दिन’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । स्वप्निल लिम्बुको शब्द रहेको गीतमा दिनेश सुब्बाको संगीत समावेश रहेको छ । गीतलाई किरण कडेलले एरेञ्ज गरेका हुन् ।
tayahangma-rai-song-harek-din-ft-vivek-and-seemaम्युजिक भिडियो निर्देशनका किङ प्रशन्न पौडेलले अमेरिकामा सुटिङ गरिएको भिडियोमा एउटा केटा र केटीको लवलाई कथाको रुपमा प्रस्तुत गरेका छन् । बनिरहेको म्युजिक भिडियो भन्दा केही फरक लाग्ने म्युजिक भिडियो फिल्मी शैलीमा बनेको छ । म्युजिक भिडियोमा मोडल बिबेक र सिमाको रोमान्स भरपुर रहेको छ । निर्देशक प्रशन्नले नै खिचेको म्युजिक भिडियोलाई अहिलेका चर्चित सम्पादक टेकेन्द्र शाहले सम्पादन गरेका हुन् ।
tayahangma-rai-song-harek-din-ft-vivek-and-seema-6गायिका तायाहाङ्मा राई पछिल्लो समय दास्रो एल्बम ‘तराना’ लिएर केही समय अगाडी दर्शकमाझ आएकी थिइन् । नेपाली संगीत क्षेत्रमा ८ वर्षको अनुभवसंगै, डा. किरातसंग औपचारीक रुपमा ४–५ वर्ष संगीत क्लास लिइसकेपछी गायिका तायाहाङ्गमा राईले एल्बम ल्याएकी हुन् । गायिका तायाहाङ्गमा राई केही समय अगाडी कन्र्सटका लागी कोरिया र हङकङ पुगेर आएकी थिइन् ।

Harek Din – Tayahangma Rai Ft. Vivek | New Nepali Adhunik Song 2016

Nepali Adhunik Song 2016
Vocal: Tayahangma Rai
Lyrics: Swopnil Limbu
Music: Dinesh Subba
Arranger: Kiran Kandel
Model: Vivek and Seema
Camera / Direction: Prasanna
Edit: Tekendra Shah

tayahangma-rai-song-harek-din-ft-vivek-and-seema-3

tayahangma-rai-song-harek-din-ft-vivek-and-seema-5

tayahangma-rai-song-harek-din-ft-vivek-and-seema-1

tayahangma-rai-song-harek-din-ft-vivek-and-seema-2

tayahangma-rai-song-harek-din-ft-vivek-and-seema-4

प्रतिक्रिया