Bisal Chautari Logo

‘विर विक्रम’को ‘टलटल टल्कियो’ गीतले गायिका अनिलालाई टल्कायो (भिडियो सहित)

- ६ आश्विन २०७३, बिहीबार १८:१७ मा प्रकाशित


Anila Rai Bir Bikram movie Song tal Tal Talkine ft Dayahang Rai and diya pun
विशाल चौतारी समाचार
काठमाडौ, २०७३ असोज ५ बुधबार । यस वर्षको सुपरहिट चलचित्र ‘विर विक्रम’ रिलिज भएको हप्तौ बित्दापनि चर्चा भने अझ थपिरहेको छ । अहिले थपिएको चर्चा भने ‘टलटल टल्कियो’ बोलको गीत रहेको छ । अधिकांश निर्माता तथा निर्देशकले आफनो चलचित्र रिलिज अगावै गीत रिलिज गर्छन् किनकि चलचित्रको सफलतामा गीतसंगीत पनि एक कडी मानिन्छ । तर, निर्देशक मिलन चाम्स निर्देशित चलचित्र ‘विरविक्रम’का लागि यो सोचाइ लागू भएन, जो पछिल्लो समय रिलिज भएका चलचित्रमध्ये सफल दरिएको छ ।
anila-rai-bir-bikram-movie-song-tal-tal-talkine-ft-dayahang-rai-and-diya-punचलचित्रको ‘टलटल टल्कियो’ बोलको गीत गत शुक्रबारमात्रै रिलिज गरिएको छ । नेपालीपन झल्काउने यो मारुनी गीतमा गायक राजेशपायल राई र गायिका अनिला राईको स्वर छ । जसलाई दर्शकले अत्याधिक रुचाएका छन् । अहिलेसम्म यो गीतलाई २ लाख बढी मानिसले हेरिसकेका छन् ।
जेमन सुबेदीको शब्द र ताराप्रकाश लिम्बूको संगीत रहेको ‘टलटल टल्कियो’ पप फ्युजनशैलीको मारुनी गीतबाट गायिका अनिला राईको चर्चा चुलिएको छ । भन्नु पर्दा ‘टलटल टल्कियो’ बोलको गीतले गायिका अनिलालाई चलचित्र पाश्र्व गायनमा टल्काएको छ ।
गायिका अनिला चलचित्र ‘विरविक्रम’ को निर्मात्रामध्येकी एक हुन् । अनिलाका अनुसार चलचित्रमा उनको पनि लगानी छ । लोकगीत तथा आधुनिक गायनमा एक दशकभन्दा बढी विताइसकेकी गायिकाले हालैमात्र एकल एल्बम ‘स्वरांकन’ सार्वजनिक गरेकी थिइन् । तर, अनिला लागि ‘टलटल टल्कियो’ रिलिजका हिसाबले पहिलो पाश्र्वगीत हो । उनका अनुसार केही आधुनिक गायनसँगै केही चलचित्रमा पनि गाएका छन् । तर, रिलिज हुन बाँकी नै छन् ।
‘विरविक्रम’को उक्त गीतबाट आफू सन्तुष्टि रहेको अनिलाले बताइन् । ‘मलाई मन परेरै टलटल गाएकी हुँ’ एक दशकदेखि बेलायत बस्दै आएका अनिलाले भनिन्, ‘मलाईजस्तै श्रोता तथा दर्शकले पनि मनपराईदिँदा खुसी छु ।’ बेलायतमा बसेर पनि नेपाली गीतसंगीत क्षेत्रलाई निरन्तरता दिँदै आएका अनिलाले केही समयअघिमात्र आफ्नो ‘स्वरांकन’ एल्बमको तीन म्युजिक भिडियो पनि सार्वजनिक गरेकी थिइन ।

New Nepali Movie – “Bir Bikram” Song || Tal Tal Talkine || Dayahang Rai || Rajesh Payal Rai New Song

New Nepali Movie – “Bir Bikram” Movie Song || Tal Tal Talkine || Dayahang Rai || Rajesh Payal Rai New Song
Chams Entertainment Presents
Movie : “BIRBIKRAM”
SONG : Tal Tal Talkine
CAST : Dayahang Rai, Arpan Thapa, Anup Bikram Shahi, Diya Pun
LYRICS : Yaman Subedi
MUSIC : Tara Prakash Limbu
SINGER: Rajesh Payal Rai, Anila Rai
Arranger : Sahas Shakya
CHOREOGRAPHER : Renasha Rai
STORY: Yam Thapa
CINEMATOGRAPHER : Ram KC
EDITOR : Arjun G C
CO-PRODUCERS:Shiva Prasad Rai, Anila Rai,Pritivi Rai,Venusara Rai
EXECUTIVE PRODUCER : UB Chams
DIRECTOR /PRODUCER : Milan Chams
PRODUCTION : Chams Entertainment
ASSISTANT DIRECTOR – Ram Saran koirala / Giriraj Ghimire

प्रतिक्रिया