Bisal Chautari Logo

आर्मिको हेलिकप्टरमा भिमदत्त युनिट (साथमा फोटोपनि)

- २३ असार २०७०, आईतवार ११:५९ मा प्रकाशित


२०७० आषाढ २३, काठमाण्डौ । स्वर्गिय राजनितिज्ञ भिमदत्त पन्तको जीवनीलाई चलचित्रको पर्दामा उतारीएको चलचित्र भिमदत्तकि अभिनेत्री निशा अधिकारीले आर्मिको हेटिकप्टर चलाएको फोटो फेसबुकमा अपलोड गरेकि छिन् ।

जुन फोटोलाई २३ गतेको, पाच बजेर २२ मिनेट सम्म १२ सय छ जनाले मनपराएकापनि छन् ।
हेलिप्याडमा खिचाइएको उत्त तस्बिर अपलोड गर्दै अभिनेत्री अधिकारीले आफ्नो फेसबुक वालमा लेखेकी छिन्, डडेलधुराको आर्मी क्याम्पदेखी कोहलपुर सम्मको पाच तस्बिर । तर यो फोटो, चलचित्र भिमदत्तको लागि भने खिचिएको होईन, चलचित्रको सुटिङ भैरहेको स्थलमा आर्मिका कर्णेल मित्रहरु हेलिकप्टर लिएर भेट्न आएको चलचित्रका अभिनेता तथा निर्माता नवल खड्काले बताए ।

सुदुरपश्चिममा क्षेत्रको छायाँकन पश्चात चलचित्र  भिमदत्त युनिट काठमाण्डौ फर्कने क्रममा रहेको छ । धनगढी, डडेलधुरा, कैलाली लगायतका जिल्लाको २४ दिने छायाँकन पश्चात चलचित्रको युनिय फर्किएको हो । हिमग्याप टासीको निर्देशन तथा पर्दाका भिमदत्त नवल खड्का निर्माता रहेको फिल्ममा निशा अधिकारी, सुमिना घिमिरे लगायत कलाकारहरु छन् ।

चलचित्रमा अभिनेत्री निशा अधिकारी एक अनुसन्धानकर्ताको भुमिकामा छिन्, भने अभिनेत्री सुमिना घिमिरे भने पर्दामा नवल खड्काको अपोजिटमा छिन् । मणी थापाको कथामा बनिरहेको चलचित्रको पचास प्रतिशत सुट बाँकी रहेको नवलले बताए ।

प्रतिक्रिया