Bisal Chautari Logo

सुगम र स्मृति ‘मिस्टर एण्ड मिस एएनए, अभिनेत्री करिश्माकी छोरी कविताले मिस मुस्कानको उपाधी हात पारिन् (फाटो फिचरपनि)

- २३ असार २०७०, आईतवार २०:०३ मा प्रकाशित


न्यूयोर्क । अमेरिकामा नेपालीहरुको सवैभन्दा पुरानो संस्था एसोसिएसन अफ नेप्लिज इन अमेरिका एएनएको अबसरमा गरिएको प्रतियोगितामा सुगम श्रेष्ठ र स्मृति श्रेष्ठले उपाधि हात पारेका छन् । सम्मेलनको दोस्रो दिन शुक्रबार आयोजित प्रतियोगितामा १६ प्रतिस्पर्धीलाई उछिन्दै सुगम र स्मृति मिस्टर एण्ड मिस एएनएको उपाधि जितेका हुन् । उनिहरुले उपाधिसँगै ३ हजार २ सय ५० अमेरिकी डलरको पुरस्कार हात पारेका छन् । मिस एएनए छानिएकी स्मृतिले टाइटलसँगै मिस तस्विरको उपाधिसमेत जितेकी छिन् ।

 like this page https://www.facebook.com/pages/Bishal-chautari/260522217427228
प्रतियोगितामा दिवेश भण्डारीले मिस्टर पपुलर, मिस्टर मुस्कान र मिस्टर डिसिप्लिनको टाइटल जितेका छन् । यसैगरी जुवी गौचनले मिस पपुलर, मिस फेसानिष्टा र बेष्ट कपलको उपाधी जितिन् ।

प्रतियोगितामा सहभागी करिश्मा मानन्धरकी छोरी कविताले मिस मुस्कानको उपाधी जितिन् । प्रतियोगिताको उद्योगपति राहुल चौधरी, गायिका नलिना चित्रकार र ३१ औं एएनए सम्मेलनका मुख्य संयोजक समिर महर्जन निर्णायक रहेका थिए ।

प्रतिक्रिया