Bisal Chautari Logo

नेपाललाई निर्वाचनका लागि भारतद्धरा ७ सय ६४ वटा गाडी उपलब्ध गराउने सम्झौतामा हस्ताक्षर खुर्शिद र रेग्मीवीच सिंहदरबारमा भेटवार्ता,

- २५ असार २०७०, मंगलवार ०७:०२ मा प्रकाशित


२५ असार, काठमाडौं । मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मी र भारतीय विदेशमन्त्री सलमान खुर्शिदवीच सिंहदरबारमा भेटवार्ता सम्पन्न भएको छ । भेटका अवसरमा भारत सरकारले नेपाललाई निर्वाचनको सहयोगार्थ ७ सय ६४ वटा सवारी साधन सहयोग गर्नेसम्बन्धी सम्झौतापत्रमा समेत हस्ताक्षर भएको छ ।
‘नेपालको सुरक्षा निकायलाई ७ सय १६ वटा र निर्वाचन आयोगलाई ४८ वटा सवारी साधन भारतले उपलब्ध गाउने सम्झौतामा हस्ताक्षर भएको छ ।’ मन्त्रिपरिषद अध्यक्ष रेग्मीका प्रेस सल्लाहकार विमल गौतमले बताएका छन्  ।सवारी साधन सहयोगसम्बन्धी सम्झौतापत्रमा भारतका तर्फबाट नेपालका लागि भारतीय राजदूत जयन्तप्रसाद र नेपाल सरकारका तफृबाट अर्थसचिव शान्तराज सुवेदीले हस्ताक्षर गर्नुभएको छ ।
अध्यक्ष रेग्मी, परराष्ट्र एवं गृहमन्त्री माधवप्रसाद घिमिरे, मन्त्रीहरु र भारतीय विदेश सचिव खुर्शिदको उपस्थितिमा सिंहदरबारमा सँम्झौतापत्रमा हस्ताक्षर भएको हो ।भेटका अवसरमा मन्त्रिपरिषद अध्यक्ष रेग्मीले नेपाल र भारतवीचको सम्बन्ध प्रगाढ रहेको बताउँदै विदेशमन्त्रीको भंमणले थप सम्बन्ध सुमधुर बनाउने विश्वास व्यक्त गर्नुभएको थियो ।
भारतीय विदेश सचिव खुर्शिदले प्रधानन्यायधीशको नेतृत्वमा बनेको सरकारले निश्पक्ष चुनाव गराउने सक्ने विश्वास व्यक्त गर्नुभएको गौतमले बताए । निर्वाचनले नै नेपालमा राजनीतिक स्थायित्व ल्याउने भएकाले तोकिएको मितिमा निर्वाचन सफल होस् भन्ने भारत सरकारको चाहना रहेको खुर्शिदले बताए ।

प्रतिक्रिया