Bisal Chautari Logo

‘धुर्मुसले अर्की ल्याए सुन्तली पनि पोइल जान्छे’

- २५ असार २०७०, मंगलवार ०९:५८ मा प्रकाशित


कुञ्जना घिमिरे (सुन्तली), हास्य अभिनेत्री

विशालसंग फन्नि संवाद 
धुर्मुससँग भेट नभएको भए ?
म सुन्तली नै हुँदैनथेँ । कुञ्जना भएर कलाकारिता मात्र गरिरहेकी हुन्थे ।

कुनै रात बेडमा धुर्मुसको सट्टा अर्कै केटामान्छे सुतेको रहेछ र तपाईंले बिहान ब्युँझँदा मात्रै थाहा पाउनुभयो भने ?

सपनामा छु कि बिपनामा भनेर आफैँलाई चिमोठ्थे । बिपना नै रहेछ भने त उठेर भाग्नुबाहेकको विकल्प के होला र !
धुर्मुसले अर्की श्रीमती भित्र्याए भने ?
ए ! त्यसरी श्रीमती भित्र्याए भने सुन्तली पनि कहाँ त्यसै बस्छे ? अर्को केटा खोजेर पोइल जान्थी नि !

चन्द्रमामा धुर्मुसबाहेक अरू कसैलाई लैजाने अवसर पाए ?
धुर्मुसबाहेक सुन्तलीको चन्द्रमामा के अर्थ र रु बरु चन्द्रमामै जाँदैनथे । सुन्तलीका लागि धुर्मुस नै चन्द्रमा हो ।
विवाहपछि श्रीमान्ले सेक्स सम्बन्ध राख्न नमानेका भए ?
विवाहपछि पनि सेक्स सम्बन्ध राख्न मानेनन् भने त प्रोब्लम भैहाल्यो नि । चेकअपका लागि चिकित्सककहाँ पुर्‍याउँथे ।
like this page https://www.facebook.com/pages/Bishal-chautari/260522217427228

प्रतिक्रिया