Bisal Chautari Logo

‘प्रेमगीत’ जोडी वर्षकै उत्कृष्ट || पुजा र प्रदिप लामो समयपछी अंगालोमा बाधिदा (भिडियो सहित)

- २३ भाद्र २०७३, बिहीबार १५:४६ मा प्रकाशित


pooja sharma & pradeep khadka Best On Screen Couple LG film award prem geet movie
विशाल चौतारी समाचार
तस्बिर तथा भिडियो : विशाल राई
काठमाडौ, २०७३ भाद्र २२ बुधबार । प्रेमगीत अभिनेता प्रदिप खड्का र अभिनेत्री पूजा शर्माले यो बर्ष पहिलो पटक फिल्म अवार्ड हात पारेका छन् । बुधबार सम्पन्न एलजी फिल्म अवार्ड समारोहमा यो जोडीले बर्षकै उत्कृष्ट अन स्कृन कपलको अवार्ड जित्यो ।
pooja-sharma-pradeep-khadka-best-on-screen-couple-lg-film-award-prem-geet-movieचलचित्रको रिलिज पश्चात सम्बन्धमा दरार आएको चर्चा चल्दै गर्दा ५१ दिने सक्सेस पार्टी पछि पहिलो पटक प्रदिप र पूजाले एकसाथ स्टेज सेयर पनि गरे । स्टेज पुगेपछी अभिनेत्री पुजा शर्मा अभिनेता प्रदिप खड्का अंकमाल गरेका थिए । यी दुई जोडीले मुस्कान छाड्दा अनि अवार्ड उचाल्दा दर्शक दिर्धाबाट ताली बजेको थियो ।
pooja-sharma-pradeep-khadka-best-on-screen-couple-lg-film-award-prem-geet-movie-1यो बर्ष सम्पन्न आधा दर्जन बराबर अवार्ड समारोहमा उत्कृष्टको मनोनयनमा परे पनि यी दुईले नै एक पनि अवार्ड हात पारेका थिएनन् । सन्तोष सेन निर्मित तथा सुदर्शन थापा निर्देशित चलचित्र ‘प्रेमगीत’ले सर्वाधिक धेरै विधामा भिन्न भिन्नै अवार्डमा मनोनयनमा परेको भएपनि अभिनेता अभिनेत्री तथा फिल्म तर्फ अवार्ड पाएको थिएन । फिल्मले उत्कृष्ट संगीत तथा कोरियोग्राफी, व्याकग्राउण्ड स्कोर तर्फ पनि अवार्ड हात पारेको छ ।

pooja-sharma-pradeep-khadka-best-on-screen-couple-lg-film-award-prem-geet-movie-2

pooja-sharma-pradeep-khadka-best-on-screen-couple-lg-film-award-prem-geet-movie-3

प्रतिक्रिया