Bisal Chautari Logo

निर्देशक शिव रेग्मीको दुबै मिर्गौला फेल, सरकार र चलचित्रकर्मिले किन वास्ता गर्दैनन्, चलचित्रकर्मिलाई

- २६ असार २०७०, बुधबार १३:०१ मा प्रकाशित


सडक बन्द गर्न लाम लाग्ने कलाकारहरु कलाकार साह्रो गाह्रो पर्दा किन लुकिरहेका छन् ? न त  चलचित्र सम्वद्ध संघ संस्थाहरुनै उपचारका लागि अगाडि आएको देख्न सकिन्छ ।  

असार , काठमाडौ । नेपाली चलचित्रका सफल निर्देशक मानिएका शिव रेग्मी अहिले दुबै मृगौला फेल भएर उपचारको क्रममा रहेका छन् ।  लामो समयदेखि उपचार गराइरहेका निर्देशक शिवको अझ मृगौलाको उपचारका लागि १५ लाख लाग्ने बुभिएको छ । तरपनि यतिबेला निर्देशक शिवलाई नत सरकारले, नत चलचित्र क्षेत्रले नै वास्ता गरेको छ । साधारण विमारी पर्दापनि, विदेशको महंगो हस्पिटलमा सरकारको ढुकुटि प्रयोग गर्ने नेताहरुले देशकै कला संस्कृतिलार्य जगेर्ण गर्ने कलाकारलाई अपहेलित गरिरहेको छ । सडक बन्द गर्न लाम लाग्ने कलाकारहरु कलाकार साह्रो गाह्रो पर्दा किन लुकिरहेका छन् ? न त  चलचित्र सम्वद्ध संघ संस्थाहरुनै उपचारका लागि अगाडि आएको देख्न सकिन्छ ।

चलचित्रको सुटिङको क्रममा निर्देशक शिव रेग्मि छोरी भावनाका साथ : फाईल तस्विर 

like this page https://www.facebook.com/pages/Bishal-chautari/260522217427228
निर्देशक रेग्मीको दुबै मिर्गौला फेल भएको छ । उनको दुबै मिर्गौला फेर्नु पर्ने बताइएको छ । स्वास्थ्यमा केही सुधार आएपछि रेग्मी अहिले घरमै आराम गरिरहेका छन् । उनको साउन महिना भित्र मृगौला प्रत्यारोपण गर्ने बताइएको छ । शिवका आफ्नै भाइले एउटा मृगौला दिन लागेका हुन् । १८ दिनसम्म अस्पतालमा भर्ना भएका निर्देशक रेग्मीको यतिबेला डाइग्नोसिस प्रक्रिया चलिरहेको छ । डाइग्नोसिस प्रक्रिया लामो समयसम्म चल्ने र दैनिक १५ हजार भन्दा धेरै खर्च हुने गरेको छ । मृगौला प्रत्यारोपणका लागि ४ लाख रुपिया धरौटी राख्नुपर्ने हुन्छ । यसैले पनि निर्देशक रेग्मी चलचित्र बिकास बोर्ड अन्र्तगतको कल्याणकारी कोषबाट सक्दो सहयोगको अपेक्षामा छन् । यस्तै उनले विभिन्न चलचित्र सम्बन्धी संघसंस्थाबाट पनि सहयोगको अपेक्षा गरेको वुझिएको छ । विगत ७ महिनादेखि उपचारार्थ निर्देशक रेग्मीका छोरा बंगलादेशमा डाक्टरी पढिरेहका छन् भने २ छोरी पनि अध्ययनकै क्रममा छन् । यसैले पनि निर्देशक रेग्मीले आफ्नो उपचारका लागि चलचित्र क्षेत्रबाट नै सहयोग अपेक्षा गरेका हुन् ।
निर्देशक रेग्मीले ए मेरो हजुर, आफन्त, आफ्नो मान्छे, हामी तिन भाई, कहाँ भेटिएला, सुख दुख जस्ता हिट चलचित्र निर्देशन गरिसकेका छन् ।

प्रतिक्रिया