Bisal Chautari Logo

दुबइमा ‘नवौ नेफ्टा फिल्म अवार्ड’को तयारी सुरु || नेपाली कलाकारसँग दर्शकले भेट्ने मौका पाउदै

- २० भाद्र २०७३, सोमबार १३:३४ मा प्रकाशित


9th nefta award 2072 Dubai UAE
विशाल चौतारी समाचार
तस्बिरहरु : विशाल राई
काठमाडौ, २०७३ भाद्र २० सोमबार । नेपाली चलचित्रको अवार्डलाई विदेशी भूमिमा आयोजना गर्दै आएको नेपाल चलचित्र प्राविधिक संघले ‘नवौ नेफ्टा फिल्म अवार्ड’ यूएइको दुबइमा आयोजना गर्दैछ । गत आइतबार काठमाण्डौको अन्नपूर्ण होटलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा औपचारिक रुपमा दुबइमा अवार्ड आयोजना गर्न लागिएको जानकारी दिइयो ।
9th nefta award 2072 Dubai UAEपौष ८ अर्थात डिसेम्बर २३ का दिन दुबइमा अवार्ड आयोजना गर्न लागिएको हो । जसका लागि तयारी सुरु गरिएको नेफ्टाले बताएको छ । यूएइ नेपाली चलचित्रको ठूलो बजार मात्र नभएर मध्यपूर्व र नेपाली संकृतीलाई जोड्ने गतिशिल सेतु पनि भएको नेफ्टाको भनाई छ । अवार्डको दौरानमा यूएइमा नेपाली चलचित्र प्रदर्शन गर्ने गृहकार्यको बारेमा पनि जानकारी दिने नेफ्टाले बताएको छ । नेफ्टाका अध्यक्ष पुष्कर लामाले यसपटकको अवार्ड भव्य र सव्य मात्र नभई गतबर्षका कमजोरीलाई सच्चाएर आयोजना गरिने बताए । उनले यूएइमा रहेका नेपाली दर्शकको नेपाली कलाकारसँग भेट्दै एक भव्य कार्यक्रम हेर्ने चाहना पनि नेफ्टाले पुरा गर्ने बताए ।
9th nefta award 2072 Dubai UAE (1)अवार्डका लागि सय भन्दा बढी कलाकार, पत्रकार र चलचित्रकर्मी दुबई पुग्नेछन् । अवार्डका लागि यसपटक स्पेक्ट्रम एड्भरटाइजिङ एन्ड मिडिया कन्सलटेन्ट र कन्सेप्ट भिजन फिल्म प्रोडक्सन तथा वितरक कम्पनीसँग सहकार्य गर्न लागिएको नेफ्टाले बताएको छ । कन्सेप्ट भिजनका सालिक सुवेदी, राजन अधिकारी र अनिश सिंह ठकुरी अवार्डका लागि दुबइको तयारीमा व्यस्त भैसकेका छन् ।
9th nefta award 2072 Dubai UAE (2)एभरेष्ट इन्टरनेशनल कन्सलटेन्सी एन्ड एचआर सोलुशन इभेन्ट पार्टनरको रुपमा रहेका छन् । यस्तै, सेभेन स्टार इभेन्ट्स एन्ड प्रोडक्शनले कार्यक्रम व्यवस्थापनको जिम्मा लिएको छ । चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राई, कलाकार निर शाह, बसुन्धरा भुषाल, हरिवंश आचार्य लगायतले पत्रकार सम्मेलनमा अवार्डको चर्चा गर्दै सफलताको शुभकामना दिएका थिए ।

प्रतिक्रिया