Bisal Chautari Logo

पोइला जान भगवान्संग प्रथना छाडेर कोमल वलि पल र्‍यापमा तिज गित तयार पार्दै (तस्विरपनि)

- २८ असार २०७०, शुक्रबार १५:१९ मा प्रकाशित



असार, २८, काठमाडौ । महिलाहरुको महान चाड तिजको अवसरलाई मौका पारेर धेरै एल्वमहरु बजारमा निस्किने गरेका छन् । धेरै कलाकारहरुले तिजको गितलाई आ–आफ्नै किसिमले बनाउने गर्छन्, तर तिजको गितको माहोलमा छुट्टै स्थान बनाउने गायिका कोमल वलि भने यो वर्षपनि त्यहि क्रम दोहोर्‍याउने मनसायमा छिन् । 

शुक्रबार बालाजुमा नेपाल चलचित्र विकास कम्पनीको एक हलमा कोमल वली आफ्नो नया तीज गीतको म्यूजिक भिडियो छायांकनमा व्यस्त थिईन् । 


शिव जस्तै पति पाउँ तँ कहिले पोइला जान पाम भनेर गीत गाउने कोमल यसपटकको तिजलाई भने भगवानसँग वर नमागि तीजको गीतमा पप र लोकको मिश्रण गरेर दर्शकलाई नया स्वाद दिलाउने तरखरमा थिईन् ।

यो गीतमा शब्द, म्यूजिक र एरेन्ज कोमल र गीरिसले नै मिलेर गरेका छन् । यसैले पनि कोमलको यो गीत गाउँ भन्दा शहर केन्द्रित देखिएको छ । हरेक बर्षको तीजमा एउटा न एउटा फण्डा झिकेर चर्चामा आइरहने गायिका कोमल वली यो बर्ष भने नयाँ शैलीको म्यूजिक भिडियो र गीतका कारण श्रोताको नजरमा पर्ने तयारीमा छन् ।
तस्विर : प्रिन्स बाबा


प्रतिक्रिया