sachin rai song Anautho Maya ft bishal rai merina mani
विशाल चौतारी समाचार
काठमाडौ, २०७३ श्रावन २३ आइतबार । मोडल मेरिना तुम्साले रंग पत्रकार तथा मोडल विशाल राईको साझोपनको फाइदा उठाउदा मोडल मनी चाम्लिङले जवजस्ति गरेका छन् । तर यो घट्ना निर्देशक मदन दुम्स्ले एक म्युजिक भिडियोमा उतारेका हुन् ।
गायक सचिन राईको ‘सुगम स्टार’ एल्बममा समावेश ‘अनौठो माया हाम्रो’ बोलको गीतको म्युजिक भिडियो बुढा सुब्बा च्यानलबाट युट्युवमा सार्वजनिक भएको छ ।
आइतबार सार्वजनिक गरिएको म्युजिक भिडियोमा ३ जनाको लव–स्टोरीलाई कथानक रुपमा निर्देशक मदनले प्रस्तुत गरेका छन् । म्युजिक भिडियोमा एक युवतीविच दुई युवाको स्टोरीलाई उठाएको र भिडियो राम्रो बनाउने प्रयास गरेको निर्देशक मदनले बताए ।
ओम प्रकाश राईको संगीत तथा हर्क साम्पाङको शब्द रहेको गीतको म्युजिक भिडियोमा रंग पत्रकार तथा मोडल विशाल राई, मनी चाम्लिङ राई र मेरिना तुम्साले अभिनय गरेका छन् । धरान आसपास सुटिङ गरिएको म्युजिक भिडियोमा श्रीकुमार साम्पाङले सिनेमाटोग्राफरको काम गरेका छन् । मेकअप गरिमा डान्स सेन्टरका मनिता राईले गरेकी छिन् ।
रंग पत्रकार विशाल राई यो म्युजिक भिडियोमा धेरै राम्रो काम गर्ने प्रयास गरेको बताए । उता मोडल मनी माम्लिङ र मेरिनापनि यस म्युजिक भिडियोबाट निकै आसा रहेको बताए ।
सुटिङका केही तस्बिरहरु हेर्नुहोस् :
प्रतिक्रिया