Bisal Chautari Logo

‘दारु फर ड्रिंक्स’ भन्दै युवाहरु क्लब पार्टीमा युवतीहरुसंग मस्ति गर्दै (हेर्नुहोस्)

- २१ श्रावण २०७३, शुक्रबार ११:३१ मा प्रकाशित


DARU 4 DRINKS song by KIRAN KHADKA
विशाल चौतारी समाचार
काठमाडौ, २०७३ श्रावन २० बिहिबार । नेपाली युवाहरुमा क्लब कल्चर निकै चर्चित छ, क्लब भन्ने बित्तिकै डान्स पार्टी अनि साथीभाईहरुको रमाइलो भन्ने बुझिन्छ । नेपाली संगीत क्षेत्रमा क्लब पार्टी गीतहरु पनि थुप्रै बनेका छन । यसैबीच यस्तै युवा समुहले एउटा क्लब पार्टी गीत निकालेको छ जसको बोल रहेको छ दारु फर ड्रिंक्स । दारु फर ड्रिंक्स बोलको नयाा गीतको म्युजिक भिडियो समेत सार्वजनिक भएको छ ।
DARU 4 DRINKS song by KIRAN KHADKAउक्त गीतलाई किरण खड्का, आरती मगर अनि ईश्वर बिष्टले स्वर दिएका छन । गीतको शब्द तथा कम्पोज गायक किरण खड्काले गरेका छन भने एरेन्ज मनोज खड्काको रहेको छ । दारु फर ड्रिंक्सको सार्बजनिक भिडियोलाई गायक खड्का स्वयमले निर्देशन समेत गरेका छन । भिडियोमा तीन जोडी युवा युवतीको अभिनय देख्न सकिन्छ जसमा राजु, सबिना, अर्जुन, अनिशा, शंकर र कल्पना रहेका छन ।
भिडियो आकर्षक बनेको छ भने, गीतको शब्द क्याची लाग्छ, संगीत पक्ष समेत राम्रो छ । आफुले मेहेनत गरेर गीत तथा भिडियो तयार गरेको र क्लब पार्टी र रमाईलो
गर्ने आजको युवाहरुको गीत मन पराईदिनेमा आफु ढुक्क रहेको किरणले बताए । अविरल फिल्म्सले निर्माण गरेको गीतको भिडियोलाई बिष्णु भट्टराईले छयांकन तथा सम्पादन गरेका हुन् ।
हेर्नुहोस् भिडियो :

प्रतिक्रिया