Dayahang Rai and Purnima Lama Nepte Nepali Movie
विशाल चौतारी समाचार
काठमाडौ, २०७३ श्रावन १४ शुक्रबार । पछिल्लो समय राष्ट्रिय अवार्डमा ३ चोटी उत्कृष्ट अभिनेतामा ह्याट्रिक गर्दै सरकारबाट सम्मान पाएका चर्चित अभिनेता हुन् दयाहाङ राई । दर्शकहरुका लागी नेपाली चलचित्र क्षेत्रका बादशाह, अभिनेता राई नै हुन् ।
तिनै अभिनेता दयाहाङले ‘रेलिमाई’ डेब्यू अभिनेत्री पुर्णिमा लामासँग जोडि बाँध्ने पक्का भएको छ । अभिनेता रोहित रुम्बाको लगानी रहने चलचित्र ‘नेप्टे’मा दयाहाङ लिड अभिनेतामा फाईनल भएका हुन् । कमेडी फ्लेभरको चलचित्रको बारेमा जानकारी दिदै रोहितले देवकुमार श्रेष्ठको निर्देशनमा बन्ने चलचित्रमा आफुसगै ए गुरुङ, बुद्धी तामाङ, भानुप्रताप, अजय खड्का, निर्मल तामाङ लगायत अभिनयमा रहने बताए ।
मंसिरको पहिलो साताबाट फ्लोरमा जाने चलचित्रमा द्वन्द्व रोशन श्रेष्ठको रहनेछ भने क्यामेराको जिम्मा हरि लामाले लिने पक्का भईसकेको छ ।
प्रतिक्रिया