Bisal Chautari Logo

राजेशपायलको ‘दर्शन नमस्ते–३’मा महानायकले गाए ५५ वर्ष पुरानो गीत (भिडियो सहित)

- ११ श्रावण २०७३, मंगलवार १४:४९ मा प्रकाशित


Rajesh Payal rai ‘darshan namaste 3’ albam 55-year-old song by rajesh hamal
विशाल चौतारी समाचार
तस्बिरहरु : विशाल राई
काठमाडौ, २०७३ श्रावन ११ मंगलबार । चर्चित गायक राजेश पालय राई ‘राई इज किङ’को महत्वकाक्षी एल्बम ‘दर्शन नमस्ते–३’को एक गीतमा महा–नायक राजेश हमालले बरिष्ठ गीतकार रत्नशम्सेर थापाको ५५ वर्ष पुरानो मुक्तक गाएका छन् ।
Rajesh Payal rai 'darshan namaste 3' albam 55-year-old song by rajesh hamalमंगलबार बिहान १० बजे राजधानीको थापागाउस्थित प्रज्ञा साउण्डमा नेपाली कला क्षेत्रका दुई हस्ती राजेश र वरिष्ठ गीतकार रत्नशम्सेर थापा एकसाथ भेटिए । जहा नेपाली चलचित्र क्षेत्रका ‘महानायक’ राजेश हमाल एउटा गीतको प्राटिक्स गर्दै थिए ।
कुल्ची हिड हाँसी हाँसी यो छाती तिम्रै बाटो हो
मेरो देह केही होइन, यो त एक थुप्रो माटा हो
गालाको पाटोको लामो धर्सो त्यो घाउ होइन
त्यो त झरी सुकेको एक थोपा आाशुको टाटो हो ।
Rajesh Payal rai 'darshan namaste 3' albam 55-year-old song by rajesh hamal (1)

भिडियो हेर्न यहा क्लिक गर्नुहोला

महा–नायक हमाललाई गाउन प्राटिक्स गराउने हस्ती हुन्, नेपाली सांगीतिक क्षेत्रका ‘किङ’ राजेशपायल राई । केही छिनको प्राटिक्सपछि हमाल स्टुडियो छिरे । त्यसपछि उनले रेकडिस्टको इसाराअनुसार उक्त मुक्तकलाई गाउन सुरु गरे । हमाललाई गीत पूरा गर्न जम्मा १० मिनेटपनि लागेन । हुन पनि गीत जम्मा चार लाइनको थियो । स्टुडियोबाट बाहिरिदै हामालले भने, ‘गायक पनि भ्याइयो ।’ हमालले सो मुक्तकलाई वाचन मात्र गरेका हुन् ।
Rajesh Payal rai 'darshan namaste 3' albam 55-year-old song by rajesh hamal (2)राजेशपायलले हमाललाई आफ्नो आउन लागेको आफ्नो महत्वकाक्षी एल्बम ‘दर्शन नमस्ते–३’ का लागि गाउन लगाएका हुन् । गायक राजेशपायलले हमालको स्वरमा गीत गराएपछि ‘दर्शन नमस्ते–३’ का लागि रेकर्डिङपनि सकिएको बताए ।
यस गीतका गीतकार रत्नशम्सेर थापाले बोल्दै ‘यो मुक्तक ५५ वर्ष अगाडीको हो, मैले लेखेको त अझ ६० वर्ष भइसक्यो ।’ यस गीतलाई गोपाल योञ्जनदेखि अम्बर गुरुङसम्मले मागेका थिए । तर, दिइन’, गीतकार रत्नशम्सेर थापाले बताए । उनले आफनो उक्त मुक्तक भनौं वा गीत ५५ वर्ष अगाडी ‘ज्योति’ नामक पत्रिकामा प्रकाशित भएको जानकारी गराउदै भने, ‘अहिले म ७९ वर्षको भए ।’ गीतकार रत्नशम्सेरले आफ्नो यस गीतलाई तारादेवीलगायतका गायक/गायिकाले पनि गाउने प्रयास गरेको बताए । बालकृष्ण समदेखि लक्ष्मीप्रसाद देवकोटाहरुसम्मले पटक–पटक वाचन गर्न लगाएर सुनेको समेत बताउदै रत्नशमसेरले वाचन गरेर पनि सुनाएका थिए ।
Rajesh Payal rai 'darshan namaste 3' albam 55-year-old song by rajesh hamal (5)महा–नायक हमालको शब्द वाचनपछि मात्र पायलको स्वर सुन्न सकिन्छ । यस गीतलाई हरि लम्सालले संगीत गरेका हुन् । यो राजेशपायलको अहिलेसम्मका गीतभन्दा फरक बनेको छ । हुन त यस्तो कन्सेप्टमा अहिलेसम्म अरु नेपाली गीत बनेकै छैन भन्दा फरक पदैन । यस गीतको एरेञ्ज चिर्चित एरेञ्जर किरण कडेलले गरेका छन् । महा–नायक हमालले एरेञ्जको बारेमा बोल्दै किरण कडेलको तारिफ समेत गरे । उहाँको एरेञ्जका गीतहरु मैले धेरै सुनेको छु’, महानायक हमालले बताए । थप्दै भने उहाको प्रशंसा गरिरहन आवश्यक छैन ।’
Rajesh Payal rai 'darshan namaste 3' albam 55-year-old song by rajesh hamal (3)राजेशपायलले यस गीतको भिडियोमा हमालले नै अभिनय गर्ने समेत बताए । यो भिडियोलाई ‘वीर विक्रम’ निर्देशक मिलन चाम्सले निर्देशन गर्नेछन् । उनको अनुसार ‘दर्शन नमस्ते–३’ आउदो भदौको तेस्रो साताभित्र सार्वजनिक हुनेछ । त्यतिखेर हमालकै स्वरमा अभिनय पनि हेर्न सकिनेछ । एल्बममा जम्मा ९ वटा गीत रहने पनि राजेशपायलले सुनाए । अरुभन्दा गायनमा केही फरक गर्न चाहने राजेशपायलले यसपटक पटक झनै फरक गरेका छन् ।

Rajesh Payal rai 'darshan namaste 3' albam 55-year-old song by rajesh hamal (4)

प्रतिक्रिया