Bisal Chautari Logo

‘कसम खाएपछी’ गीतको सफल्ताले अप्सरा संगीतमा ब्यस्त (६ तस्बिर सहित)

- ३ श्रावण २०७३, सोमबार १०:०६ मा प्रकाशित


Apsara Ghimire
विशाल चौतारी समाचार
तस्बिर : विशाल राई
काठमाडौ, २०७३ श्रावन ३ सोमबार । नेपाली साङ्गीतिक क्षेत्रमा डेढ वर्ष अगाडीदेखी लागेकी अप्सरा घिमिरे छोटो समयमै दर्शक श्रोताहरुको मन जित्न सफल गायिका हुन् । उनको पहिलो एल्बम ‘मनसुन’लाई दर्शक श्रोताहरुले अध्याधिक रुचाएका थिए । झट्ट हेर्दा चलचित्रकी हिरोइन जस्ती देखिने सुन्दरी गायिका अप्सराको सफल्तासंगै पछिल्लो समय ब्यास्तता पनि बढेको छ ।
Apsara Ghimire८ वषको सानो उमेरमै उदयपुर आइडल बनेकी अप्सराले सो समयमै साङ्गीतिक क्षेत्रमा लाग्ने सोच बनाएको बताउछिन् । २० वर्षीया अप्सरा बच्चैदेखी गीत, संगीत प्रति मोह राख्ने बताउछिन् । अप्सराले बाल्यकालमा आधुनिक, चलचित्रका गीतहरु र पप गीतहरु बढी गाउने गरेको विशाल चौतारीसंगको कुराकानीमा बताइन् । भनिन्,‘–बाल्यकालमा तारा देवी, नारायण गोपाल, अन्जु पन्त, नविन के भट्टराईका गीतहरु बढी गुनगुनाउथे ।’ जबदेखी बोलि फुट्यो सो समयदेखी नै गीत गाउन थालेको अप्सराले बताइन् ।
Apsara Ghimire  (1)साङ्गीतक क्षेत्रमा केही गर्ने उद्देश्यले २ वर्ष अगाडी काठमाडौ आएर चण्डि प्रसाद काफ्लेसंग संगीत क्लास लिएको बताइन् । गायिका अप्सरा अहिले इण्डिएन एम्बेसिमा संगीत सिकिरहेकी छिन् ।
गायिका अप्सरा घिमिरेको पहिलो एल्बम ‘मनसुन’मा ६ गीत समावेश गरेर बजारमा ल्याएकी थिइन् । सो एल्बमको ‘कसम खाएपछी’ बोलको गीतलाई भने दर्शक श्रोताले अत्याधिक रुचाएको थियो । अप्सराले पहिलो रेकर्डेट गीत भने ‘मेरो मनको साथी’ चलचित्रको टाइटल गीतमा गायक दिपक लिम्बुसंग गाएकी थिइन् ।
अहिले सम्म २ दर्जन जती गीत गाइसकेकी अप्सरा पछिल्लो समय गीत रेकर्डिङ, कन्र्सटमा ब्यस्त रहेकी छिन् । गायनलाई राम्रोसंग ध्यान दिन नपाएको बताउदै अप्सराले भनिन्, ‘–अध्यनको कारणले गायनमा राम्रो टाइम दिन पाइरहेको छैन । तर अब चाही गायनलाई नै बढी समय दिने सोच रहेको छ ।
Apsara Ghimire  (3)गायिका अप्सरा घिमिरे अहिले ‘भेटियौ जिवनको मोडमा’ बोलको सिंगल ट्र्याक र मनसुन एल्बमकै अर्को गीत ‘की माया लाउदै नलाउनु’ बोलको गीत म्युजिक भिडियो बजारमा ल्याउन ब्यास्त रहेकी छिन् ।

Apsara Ghimire  (4)

Apsara Ghimire  (3)

Apsara Ghimire  (2)

प्रतिक्रिया