Bisal Chautari Logo

संघीय समाजवादी पार्टिद्धरा साँघु साप्ताहिकविरुद्ध नाराजुलुस (फोटो फिचरसहित)

- ३१ असार २०७०, सोमबार १६:२१ मा प्रकाशित


३१ असार, काठमाडौं । संघीय समाजावादी पार्टीले सोमबार राजधानीमा फरक किसिमको विरोध र्‍यालीको आयोजना गरेको थियो ।  त्यो र्‍यालि कुनै राष्ट्रिय राजनीतिक मुद्दामा नभई साप्ताहिक पत्रिका साघु साप्ताहिक  विरुद्ध थियो । साघु साप्ताहिकमा प्रकाशित गलत समाचारविरुद्ध प्रेस काउन्सिलमा मुद्दा दायर कार्यक्रम संघीय समाजवादी पार्टी नेपाल लेखिएको कालो ब्यानर र झण्डा एवं प्लेकार्ड बोकेका कार्यकर्ताहरु सो पार्टीका महासचिव राजेन्द्र श्रेष्ठको नेतृत्वमा सिनामंगलस्थित प्रेस काउन्सिलको कार्यालयमा पुगेर सो साप्ताहिकमा छापिएको समाचार विरुद्धमा निवेदन दर्ता गरी फर्केक थिए । साघु साप्ताहिकमा एमाओवादीबाट तीन करोड खाएर अशोक राईले पार्टी फुटाएको समाचार साँघु साप्ताहिकले गत असार १७ गते प्रकाशित गरेको थियो ।

अशोक राई नेतृत्वको संघीय समाजावादी पार्टीले मिडिया र दलवीचको सम्बन्धमा शायद यो एउटा नौलो आयाम या लोकतन्त्रको फरक रुपमा आएको छ । पत्रिकामा प्रकाशित समाचारको खण्डनका लागि पार्टीका तर्फबाट यति ठूलो जुलुससहित प्रेस काउन्सिलमा उजुरी परेको सायद यो नौलो घटना हो ।

निवेदन दर्ता कार्यक्रकममा महासचिव श्रेष्ठले केहीबेर भाषण पनि गरेका थिए । पार्टी महासचिवले दर्ता गर्नुभएको उजुरीमा प्रेस काउन्सिलका अध्यक्ष बोर्णबहादुर कार्कीले मुख्य अधिकृतलाई ‘आवश्यक कारवाही अघि बढाउने’ उल्लेख गरेका थिए ।  साँघु साप्ताहिकको सामाचारलाई लिएर संघीय समाजवादी पार्टी साँघुविरुद्ध नारा जुलुससहित काउन्सिल पुगेको हो ।

 

प्रतिक्रिया