Rajesh payal rai Kidney patient support to 50 thousand
विशाल चौतारी समाचार
तस्बिर तथा भिडियो : विशाल राई
काठमाडौ, २०७३ श्रावन १ शनिबार । नेपाली साङ्गीतिक क्षेत्रका बादशाह गायक राजेश पायल राईले मृगौला रोगीलाई ५० हजार आर्थिक सहयोग गरेका छन् । हिलटोन म्युजिक सेन्टर प्रा.लीको आयोजनामा ४४ वर्षीया मृगौला रोगी ललिता सुब्बा चाम्लिङको सहयोगार्थ कार्यक्रममा राजेशपायलले ब्याक्तिगत रुपमा ५० हजार आर्थिक सहयोग गरेका छन् ।
जमल स्थित नाचघरमा भएको कार्यक्रमको बिचमा ४४ वर्षीया मृगौला रोगी ललिता सुब्बा चाम्लिङलाई गायक राजेशपालयलले आफ्नै हातबाट चेक हस्तान्तरण गरेका थिए । सामाजिक तथा पिडितहरुलाई सहयोगको भावना राख्ने गायक राजेशपायल राईले यसभन्दा अगाडीपनि धेरै पिडितहरुलाई सहयोग गरेका छन् ।
त्यस्तै हिलटोन म्युजिक सेन्टर प्रा.लीको आयोजनामा ४४ वर्षीया मृगौला रोगी ललिता सुब्बा चाम्लिङको सहयोगार्थ कार्यक्रममा आयोजकले ५ लाख २ हजार रुपैया क्यास पैसा दिएका थिए । रकम हस्ताान्तरण हिलटोन म्युजिक सेन्टर प्रा.लीका अध्यक्ष तथा गायक रुपकुमार राई, कार्यक्रम संयोजक तथा हास्य अभिनेता गणेश इशारा, गायिका मेनुका राई, प्रविण राई लगायतले गरेका थिए ।
रकम हस्तान्तरणसंगै साङ्गीतिक कार्यक्रमपनि राखिएको थियो । कार्यक्रममा चर्चित गायक राजेश पायल राई, रुपकुमार राई, गायिका मेनुका राई, हास्य अभिनेता गणेश इशारा लगायतले दमदार प्रस्तुती दिएका थिए ।
प्रतिक्रिया